काठमाडौँ १९ पुष । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएपछि राप्रपा नेपालले त्यसको विरोध गरेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भनेका छन् जघन्य टिकापुर घटनाका अभियुक्त किटान गरि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको छ । राप्रपा यस कार्यको विरोध गर्दछ । चौधरीलाई सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

प्रे

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय