परेवाखबर संवाददाता काठमाडौँ १६ पौष । पाल्पाको रामपुर नगरपालिका निवासी रामचन्द्र खनालले एक घण्टामा २७२५ पटक सेटअप र चिनअप गरेर गिनीजबुकमा रेकर्ड राख्ने तयारीमा हुनुन्छ । प्राविधिक कारणले केही समय लाग्ने उहाँले बताउनु भयो ।

सुरुमा आफुलाई विभिन्न रोगहरुले ग्रसित बनाए पछि त्यसको निराकरण गर्नका निम्ती गरिएको शारीरिक व्यायम उहाँकालागि आज विश्वमा चिनिने माध्यम बन्यो ।

खनालको अहिले कुनै पनि त्यस्तो जटिल रोग छैन, उहाँको त्यो लगाब र व्यायम देखेर सायद रोग पनि डराएको हुनुपर्छ । उहाँले अहिले नेपाली सेना तथा प्रहरीलाई पनि आफ्नो क्षमता र प्रतिभाको तालिम दिँदै हुनुन्छ । सुरुमा प्रधानसेनापतिलाई भेटन जाँदा आफ्नो ज्यान देखेर नपत्याएको र पछी प्रतिभा देखाएपछि आफुलाई स्यालुट गरेको उहाँले बताउनु भयो ।

भिडियो हेर्नुहोस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय