काठमाडौँ १४,पुष । अदालतको आदेशबाट नगरप्रमुख(मेयर) रिहा भएको भन्दै रौतहटस्थित कटहरिया नगरपालिकामा आज सार्वजनिक बिदाको आह्वान गरिएको छ।

मेयर सियाराम प्रसाद कुशवाहा निर्दोष सावित भइ जेलबाट रिहा भएको खुसियालीमा आइतबार नगरभर बिदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जनाएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाले नगरपालिका कार्यालय, सबै वडा कार्यालय तथा नगर भित्रका सामुदायिक विद्यालयमा बिदा दिइएको जनाएका हुन्।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर सियाराम प्रसाद कुशवाहालाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै सफाइ दिएको थियो।

कुशवाहालाई उच्च अदालत जनकपुरको फैसलापछि सिआइवीको टोलीले पक्राउ गरेको थियो। गत गत बैसाखमा काठमाडौंबाट पक्राउ गरी उनलाई जेल चलान गरिएको थियो। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो।

पर्साको वीरगञ्जमा २०६७ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो।

हत्या अभियोगमा गत बैसाखदेखि जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी शनिबार हेलिकोप्टर चढेर रौतहट फर्किएका थिए।

स्थानीय जनता माविको प्रागणमा कुशवाहा सवार हेलिकोप्टर अवतरण गर्दा ठूलो संख्यामा स्थानीयहरु उपस्थित भएका थिए। सो क्रममा मेयर कुशवाहालाई सर्वसाधारण, राजनीतिक दलका कार्यकर्ता तथा शुभचिन्तकहरुले स्वागत गरेका थिए।

सो क्रममा उनले न्यायको जीत भएको प्रतिक्रिया दिए। मेयर कुशवाहाले आफूविरुद्ध षड्यन्त्र भएको समेत दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय