काठमाडौँ पौष १५, रोजगारीको शिलशिलामा संयुक्त अरब ईमिरेट्स दुबईमा रहनु भएका अर्याल बन्धुहरुको भेला सम्पन्न भएको छ । बरदुबई स्थित नमस्ते ट्राभल्स एण्ड टुरिजमको कार्यालयमा भएको भेलामा करिब २५ जना अर्यालबन्धुहरुको उपस्थिति रहेको थियो । बरदुबईमा बसेको भेलाले कैलाश अर्यालको संयोजकत्वमा ९ सदस्यि तदर्थ समिती स्थापना गरेको छ । जसमा
१. मञ्जु अर्याल
२.सन्तोष अर्याल
३.संजय अर्याल
४.इन्द्र अर्याल
५.पिताम्बर अर्याल
६.अनिरुद्र अर्याल
७.यादब अर्याल
८.नविन अर्याल
९.कृष्ण अर्याल
रहनु भएको छ ।

उक्त संमितीले संयुक्त अरब इमेरेटसमा रहनुभएका सम्पुर्ण अर्याल बन्धुहरुको खोजीनिति गर्ने,अप्ठयारो तथा विभिन्न परिस्थितिमा बन्धुहरुलाई साथ सहयोग आदान प्रदान गर्ने र युएईका विभिन्न प्रान्तहरुमा एकएक जना संयोजक राखी बन्धुहरुको अवस्था बुझने र नेपाली नयाँ वर्षको अवसरपारी सबैलाई समेटी अधिवेशन गर्ने उदेश्य समितिले राखेको संयोजक कैलाश अर्यालले जानकारी दिनु भयो ।
परिचयात्मक कार्यक्रमबाट सुरु भएको कार्यक्रम अर्याल परिवारको सुरुवात गुल्मी जिल्लाबाट भई नेपाल अधिराज्यभरी भएको र वंशाणु भातृत्व भन्दा माथिको कुरा भएको अग्रज बन्धुहरुबाट जानकारी गराईएको थियो ।

कार्यक्रममा पाल्पाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, गुल्मी समाज युएइका अध्यक्ष लक्ष्मण अर्याल, नमस्ते ट्राभल्स एण्ड टुरिजम अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्याल लगाएत विशिष्ट व्यक्तित्वहरु एवं युएईमा सक्रिय विभिन्न संघसंस्थाका अर्याल बन्धुहरुको उपस्थिति रहेको थियो । बन्धुहरुको भेलाका निम्ती सक्रिय रहनु हुने वेद प्रसाद अर्याल र ठाउँ उपलब्ध गराई सहयोग गर्नु हुने नानुकाजी अर्याललाई भेलाले विशेष धन्यवाद ज्ञापन गरेको थियो भने लोकदोहोरी गायक नविन अर्यालको प्रस्तुतीले कार्यक्रममा रौनकता थपिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय