काठमाडौँ, ९ पुस || काठमाडौंमा अयोजित मिष्टर एण्ड मिस टुरिजम नेपाल– २०१८ को उपाधि रिषभ पन्त र रमुना कार्कीले हात पारेका छन् । त्यस्तै, पुरुषतर्फ फष्ट रनरअप रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फष्टरनरअपको उपाधि हासिल गरिन् । वेष्ट ट्यालेन्टको उपाधि राजन राईमगरले प्राप्त गरे भने वेष्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले प्राप्त गरिन् । सो प्रतियोगितामा ८ जना पुरुष र ७ जना महिला सहभागि भएका थिए । नेपालको पर्यटन क्षेत्रको प्रर्वदन र विकासको निम्ति टेवा पु¥याउने उद्येश्यका साथ सो कर्याक्रम अयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाकी सासंद कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण गर्नुपर्नेमा जोड दिइन् । ओलीले एसएसके मिडिया प्रालि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लि.ले प्रायोजन गरेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को कार्यक्रममा बोल्दै पर्यटनमार्फत् स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नेतर्फ जुट्न सबैमा आग्रह गरेकी हुन् ।

सो कार्यक्रम एएसके मिडिया प्रा.लि.का सिइओ सन्तोष सिलवाल ‘खत्री’को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा अतिथिहरुमा वरिष्ठ गायक आनन्द कार्की, आरोग्य एजुकेशन प्रा.लि.का प्रवन्धक सुविद्या खनाल (दाहाल), जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी राज्यलक्ष्मी शाक्य, समाजसेवी तथा चलचित्र निर्माता शान्ता ढकाललगायत थिए । सो प्रतियोगिताको निर्णायक मण्डलमा वर्षा कार्की, अभिमन्यु कार्कीलगायत थिए भने जेनस लामाले कोरियाग्राफर गरेकी थिइन् भने कार्यक्रम संयोजन नविन भट्टराई र कार्यक्रमको सञ्चालन राजन सिलवालले गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्कीले सुमधुर गीतहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा वरिष्ठ संगीतकर्मी उदिराम खड्काले मयूर नृत्यु प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पारे । कार्यक्रममा सत्यवती कलाकेन्द्र तथा जापानी सूचना केन्द्र, नेपालका कलाकारहरुले नृत्य प्रस्तुत गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय