छोराले नेपाल आइडलको उपाधि जितेपछि भारतको सुरातमा रहेका बुवालाई त्यहाँ रहेका नेपाली हरुले फूलमाला लगाउदै सम्मान गरेका छन् । रवि ओडले आफ्ना तिन जना प्रतिस्पर्धीलाई पछाडी पर्दै नेपाल आइडलको बिजेता बनेका हुन् । भारतमा रहेका उनका आफन्त लागेता नेपालीहरुले उनका बुवालाई भेटेर सम्मान गरेका हुन् । रविको जितले सबै नेपालीहरुलाई खुसि बनाएको कुरा बताउदै सुरतमा रहेका केहि नेपालीहरु जम्मा भएर खुसि संतेका थिए । धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले नेपाल आइडलको उपाधि हासिल गरेका हुन् । यसपहिले यो उपाधि पोखराका बुद्ध लामाले हासिल गरेका थिए ।

पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंग र जजहरुको आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय