पाल्पा, मंसिर २५
विष्णु घिमिरे
राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपाल जिल्ला शाखा पाल्पाले गृहमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्षयमा नेपाल सरकार,मातहतका निकायलाई मानव अधिकारको संरक्षण र सम्बर्धनप्रति गम्भीर भै सुशासन कायम गर्न ध्यानकर्षण गराएको हो ।

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपाल जिल्ला शाखा पाल्पाका अध्यक्ष दिवाकर पाण्डेको संयोजनमा निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत गहृ मन्त्री राम बहादुर थापा बदललाई ध्यानाकर्षण पत्र बुझाईएको हो । पछिल्लो समय पाल्पामा मानव अधिकार विरुद्धका घटना मौलाएको भन्दै त्यस प्रति सम्बन्धी सरोकारवाल निकाय सक्रिया बन्नुको साटो वेवास्ता गर्ने तर्फ उन्मुख भएको भन्दै मानव अधिकार जस्तो गम्भीर विषयमा सजग हुन ध्यानकर्षण पत्र बुझाइएको राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपाल जिल्ला शाखा पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले बताउनुभयो ।
ध्यानकर्षण पत्रमा २०६८ साल साउन २२ मा तानसेनबाट बेपत्ता भएका बालक किशोर न्यौपानेको अवस्था आजसम्म पत्ता लगाउन नसकेको ,यही साउन ११ मा कञ्चनपुर भीमदत्त नगरपालिका २ कि १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कार पछि हत्यामा संलग्न दोषि आजसम्म पनि पक्राउ गर्न नसक्नु , यही कात्तिक ३ गते काजिपौवा नजिकै घुम्तीमा रातो कारले गलत दिशावाट आई ठक्कर दिदा लु २९ प ५७३९ नम्बरको स्कुटीमा सवार सुमन भुषाल गम्भीर घाईते भएर सो विषयमा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिदा समेत उक्त कारलाई पहिचान गरि नियन्त्रणमा लिनुको साटो उल्टै प्रहरीले मिल्नु पर्यो भनि दिएको दबाब प्रति गम्भीर ध्यानकर्षण भएको जारी गरिएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै पाल्पामा सञ्चालित चुनढुंगा खानीको कारणले स्थानिय जनता, विद्यार्थीका साथै सिद्धार्थ राजमार्गको भुम्सा –बुटवल सडक खण्डमा टिपरले बोक्ने ओभर लोडले डकखण्ड क्षेत्विक्षेत हुर्दै गएको र सडकमा उड्ने अध्यधिक धुलोले क्रोनारी डिजिजको संक्रमण हुने खतर बढेको भन्दै स्वच्छ वातावरणमा जिवन निर्वाह गर्न पाउँनुपर्ने हक कुण्डीत भएको भन्दै तत्काल सम्बोधन गर्न गहृ मन्त्री बादललाई सम्बोधन गरि जारी गरिएको ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ ।
उठेका विषय वस्तुलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय पठाउने निमिक्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तले छोटो प्रतिक्रिया दिनुभयो । निर्मल पन्तको विषयमा बोल्न नमिल्ने भएपनि निमिक्त प्रमुख जिल्ला अधिकारी पन्तले उठेका अन्य गम्भीर विषयहरु किशोर न्यौपने , सुमन भुषाल र चुनढुंगाले पारेको समस्याको बारेमा भने कुनै प्रतिक्रिया दिनुभएन । source http://www.shreenagartv.com/

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय