दिपक अर्याल

काम गर्न नजान्ने बुहारि पर्छेकी आमा
सहर बजार तिरै बुहारी झर्छेकी आमा ….

भोकै बसि पढायौ केही गर्छकी भन्नेआशमा
बचन लाउने काम बुहारी गर्छेकी आमा…

सके सम्म मिलाउने कर्तव्य छोराको हो
आँखा भरि आशु बुहारी भर्छेकी आमा…

धर्म कर्म बिर्सेको बुहारी मन्दिर जाउ भन्दा
कोर्के टेडो आखाले बुहारी तर्छेकी आमा…

मेकअप गर्न आफ्नो शरिरमा मात्रै जानेकिले
पानी मात्रै घरमा बुहारी छर्छेकी आमा…

पाल्पाको निस्दी गाउँपालिका निवासी दिपक अर्याल हाल त्रिवि केन्द्रिय डिपार्ट र्कितिपुरमा डिग्री अध्ययनरत हुनुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय