कलैया २२ मंसिर २०७५
जे.सी.आइ हेटौडाको आयोजनामा अष्ट कुमारी मेमोरियल जेसीज कप टी २० क्रिकेट टुर्नामेण्ट २०१८ को उपाधी कलैया सिटी जेसीजले हाथ पार्न सफल भएको छ ।
कलैया सिटी जेसीजले मकवानपुर क्रिकेट कल्बलाई ६ विकेटले पराजित गरेको छ। हेटौडाको हुपराचौर खेल मैदानमा आयोजित उक्त खेल कार्तिक १८ गते देखि शुरु भएको खेल २२ गते सम्म संचालन भएको थियो ।

आजको फाइनल खेलमा टस जिती मकवानपुर क्रिकेट कल्बले बैटिंग रोजेको थियो भने २० ओभरको खेलमा १९ ओभर ५ बल खेली सबै विकेट गुमाइ १०३ रनको योगफल तयार गरेको थियो ।

मकवानपुरका क्रिकेट क्लबका बैट्समैन सोभाकान्तले २१ रन तथा सौरभले २१ रनको योगदान थिएका । त्यस्तै कलैया सिटी जेसीजका रवि साहले २, भुलावनले ३, दिपक टिनकुनले १ विकेट लिएका थिए। भने जवाबमा कलैया सिटी जेसीस टीमले १४ ओभर ३ बलमा १०४ रनको लक्ष्य पुरा गरि जित हाथ पार्न सफल भएको थियो ।

कलैया सिटी जेसीजका बैट्समैन सुभास यादवले ६० रन, शिव तन्डुकारले १४ रन, त्यस्तै मकवानपुर क्रिकेट क्लबका बलर रविन गुरुगंले २ तथा सोभाकान्तले २ विकेट लिएका थिए ।

फाइनलको मैन अफ द मैच कलैया सिटी जेसीजका सुभाष यादवले ३२ बलमा ६० रन बनाएका थिए । त्यस्तै टुर्नामेण्टका बेस्ट बलर मकवानपुर क्रिकेटका सौरभ सिंह पेलाले ८ विकेट लिइ बनेका थिए। बेष्ट बैट्समैन बीरगंज युनाइटेडका सुरज पटेल ८६ रन बनाएर लिन सफल भएका थिए। मैन अफ द सिरिज मकवानपुर क्रिकेटका क्लबका रबिन गुरुगले ४७ रन ४ विकेट लिएका थिए ।

शिल्ड तथा पुरस्कार वितरण कार्यक्रममा हेटौडा जेसिज वर्ष २०१८का अध्यक्ष रवि नेपालको अध्यक्षतामा प्रमुख आथिथ्य संतोष चौलागाई, कार्यक्रम संयोजक राजदेव बानिया, अतिथिमा कलैया सिटी जेसिसका अध्यक्ष जेसी धनीलाल सर्राफ रहनु भएका थिए भने कलैया सिटी जेसीसका तालिम संयोजक जेसी राजेश कुशवाहा, उपाध्यक्ष जेसी एसएम जहाँगस्त, जेसी संदीप बरै, मेडिया संयोजक जेसी श्रवण प्रसाद साह सदस्य जेसी अरेन्द्र यादव जेसी दिवाकार प्रसाद कल्वार तथा मकवानपुर खेलकुद समितिका पदाधिकारी लगायत संचारकर्मी समाजसेवी तथा खेलप्रेमीहरुको उल्लेखनीय सहभागिता रहको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय