काठमाडौं । अहिले नेपालमा रेल पानीजहाजको चर्चा अलिक कम हुन थालेको छ । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट काठमाडौंमा रेल ल्याउने वाचा गरेका थिए । उनका सपनाहरु पुरा भएका त छैनन तर पुरा हुने चरणमा भने रहेका छन । नेपालको सीमाक्षेत्रसम्म आउँने रेल नेपालतर्फ लिग नभएको कारण फिर्ता जानु परेको छ ।

नेपालको भारत र चीन दुई देशहरुसँग सीमा जोडिएको यि दुवैं देशहरुसँग आधुनिक रेल रहेका छन । तर नेपालको कमजोर अर्थव्यवस्थाको कारण नेपाल रेलका लागि बाटो बनाउँन सकिरहेको छैन । यसैं बिच सुरु देखि नैं चर्चामा रहेको जनकपुर–जयनगर खण्डमा सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ ।

नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति भएको थियो । तर, सरकार भने आफ्नै रेल किन्ने योजनामा छ । रेल खरिदका लागि १ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । जबकि सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५० करोड रुपैयाँ छुट्याएको छ । अब ५० करोड रुपैयाँ थपे रेल किन्ने रकमको जोहो हुन्छ । हाल हरेक कुराहरुमा परनिर्भर भएर बाँचेका नेपालीहरुका लागि यो कत्ति सत्य सावित हुन्छ त्यो हेर्न बाँकि नै रहेको रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय