धनबहादुर ठाडा पाल्पा० मंसिर १६

पाल्पा निस्दी गाउँपालिका वार्ड नम्बर (४, मित्यालमा २५ किलोवाट क्षमताको हावाबाट बिजुली उत्पादन हुँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सपना यस सँगै विस्तारै पुरा पनि हुँदै छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका मित्यालको संयुक्त लगानीमा बिजुली उत्पादन गर्न लागेको हो।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा हावामा पंखा घुमाएर निकालिने बिजुलीको अहिले तिब्र गतिमा काम भइरहेको छ।

२५ किलोवाट क्षमताको उत्पादन हुने बिजुली मित्यालको रुक्सेभन्ज्याङ , झ्यालतुङ , मौलाथर , काफलका करिब १ सय ८० घरधुरी लगायत गाउँपालिका केन्द्र मित्यालमा रहेका सरकारी कार्यालयहरुमा वितरण गरिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भयो।

अहिले पंखा राख्ने ठाउँमा काम भइरहेको र लगत्तै घर(घरमा विधुत वायरिङको काम सकिएपछि यसै बर्षा भित्र पुरै गाउँ झिलिमिली बनाउने मित्याल वायु तथा सौर्य उर्जा उपभोक्त समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताउनु भयो।

निर्माण सम्बन्धि कामको जिम्मा कृष्ण गृल एण्ड इन्जिनियरिङ वर्क प्रालि बिराटनगरले लिएको छ। सोही ठाउँमा निस्दीको ४ मित्यालमा आजभन्दा १० महिना अगाडि १ हजार २ सय वाट क्षमताको हावाबाट बिजुली उत्पादन गर्न सफल भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय