परेवा खबर काठमाडौँ १२ मंसिर । हाल लिइएको सेमेस्टर शुल्क कम गर्न माग राख्दै आन्दोलनमा उत्रिएका त्रिचन्द्र कलेजका विद्यार्थीहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका छन् ।

मंगलबार रसायानशास्त्रमा स्नातकोत्तर गरिरहेका दोस्रो सेमेस्टरका विद्यार्थीहरुले क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेको कार्यकक्ष्यमा तालाबन्दी गरेका हुन।

तात्कालिन रुपमा जथाभावि शिर्षकमा लिएको शुल्क बढी भएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको बिध्यार्थी कृष्ण प्रसाद भट्टराईको भनाइ छ ।

शुल्क वृद्धि फिर्ता लिनका लागि क्याम्पस प्रमुख न्यौपानेलाई गत बिहीबार ज्ञापन पत्र बुझाएको र आज भएको दुई पक्षिय वार्तामा सम्बोधन गर्ने बिषय तर्फ क्याम्पस प्रशासन नदेखिएको तथा यस बिषयमा कुनै सुनुवाई नभएको विध्यार्थीहरुको दावी छ।

उता वि.ए.सी का विध्यार्थीहरुले समेत शुल्क वृद्धिको विषयलाई लिएर आन्दोलित छन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय