भारतको चर्चित रियालिटी सो सारेगमप मा नेपालबाट सहभागी मेनुका पौडेलले गत आइतबार पनि दमदार प्रस्तुती दिएकी छिन् । यो कार्यक्रम जी टिभीबाट प्रत्येक शनिबार र आइतबार प्रस्तुत हुने गर्दछ ।

पिया भावरे बोलको गीत गाउँदै गर्दा समेत भारतीय संगीत क्षेत्रका चर्चित व्यक्तित्व तथा जजहरुले प्रशंसा गरिरहेका थिए ।

उनको आवाजमै जादु रहेको जजहरुले बताए । उनलाई ९९.३ अंक दिइएको थियो । आइतबारको प्रस्तुतीसँगै उनी मेघा राउण्डको टप १३ मा पुगेकी छिन् । उनलाई कार्यक्रम संचालक आदित्य नारायणले नेपाली भाषाबाटै कस्तो लागिरहेको छ भनेर सोधेका थिए ।

नेपालमा पहिलो पटक सारेगमपको यो सिजनको लागि अडिसन हुँदा मेनुका छनौट भएकी हुन् । उनी हाल मुम्बई बसेर प्रतिस्पर्धा गरिरहेकी छिन्
https://www.facebook.com/aamatv1/videos/286253725351017/

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय