काठमाडौँ, २२ असोज । लायन्स क्लब अफ काठमाडौँ गुहेश्वरीले दक्षिणढोकास्थित बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरूलाई एक महिना पुग्ने खाद्य सामग्री उपलब्ध गराएका छन् ।
लायन्स क्लबकी इन्टरनेशनल प्रेसिडेन्टले बालबालिकामा लक्षित गर्दै अक्टोवर ८ का दिन अर्थात् आज विभिन्न कार्यक्रमहरु गर्दै आइरहनुभएको छ । लायन्स त्यही संस्कारलाई अनुशरण गर्दै हामीले पनि विगत ११ वर्षदेखि यस बुद्धिष्ट बालगृहमा नियमित रुपमा बालबालिका लक्षित कार्यक्रम गर्दै आइरहेका छौँ, प्रमुख अथिति लायन्स क्लब बागमती Zone Chairperson आशा विष्ट कार्कीले बताउनुभयो । lions3
त्यस्तै, तथा लायन्स क्लब अफ काठमाडौँ गुहेश्वरीकी अध्यक्ष सुनिता उप्रेती, प्रथम उपाध्यक्ष पुनम सिजापती, सदस्यहरु कल्पना कार्की, निता रेग्मी, कल्पना लगायत सदस्यहरुले बुद्धिष्ट बालगृहकी सञ्चालिका दुर्गादेवी मैनालीलाई बालगृह परिसरमा पुगी खाद्य सामग्री उपलब्ध गराएका हुन् ।
लायन्स क्लब अफ काठमाडौँ गुहेश्वरीकी अध्यक्ष सुनिता उप्रेतीले लायन्स क्लबका इन्टरनेशनल प्रेसिडेन्टले अक्टोबर ८ गते बालबालिकाहरुको निम्ति केहीकेही कार्यक्रमहरु गर्दै आइरहनुछ । त्यस्तै, हामीले पनि नेपालमा पनि संस्थाका साथीहरुको सहकार्यबाट यस बालगृहमा रहेका बालबालिकाहरुको निम्ति एक महिना पुग्ने खाद्यान्न प्रदान गर्दा खुशीको अनुभूति गरेका छौँ ।’
बुद्धिष्ट बालगृहकी सञ्चालिका दुर्गादेवी मैनालीले दशैँको पूर्वसन्ध्यामा सामाजिक भावनाबाट ओतप्रोत हुँदै सहयोगी भावनाबाट विगत ११ वर्षदेखि निरन्तर सहयोग गर्दै आइरहनुभएका लायन्स क्लब अफ काठमाडौँ गुहेश्वरीका सम्पूर्ण पदाधिकारीहरुको मुग्घकण्ठले प्रशंशा गर्नुभयो ।
लायन्स क्लब अफ काठमाडौँ गुहेश्वरीले शिक्षा, स्वास्थ्य तथा बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । किशोरी शिक्षा सहायता कार्यक्रम, आँखा र महिला क्यान्सर र पाठेघर सम्बन्धी कार्यक्रमहरुका अतिरिक्त जेष्ठनागरिकसँग सम्बन्धित कार्यक्रमहरु बेलाबखत सञ्चालन गर्दै आइरहेका संस्थाकी अध्यक्ष सुनिता उप्रेतीले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय