काठमाडौं, २१ असोज – नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै आजबाट असोज २९ सम्म नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट राष्ट्र बैंक तथा तोकिएका अन्य बैंकहरुबाट प्रतिव्यक्ति २७ हजारसम्म साट्ने सकिने जनाएको छ ।

वाणिज्य बैंकहरुलाई नोट उपलब्ध गराइसकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बचत था ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौँ बैङ्किङ कार्यालयहरु न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

त्यसैगरी कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट साट्ने व्यवस्था मिलाइएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर, सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्न सकिनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय