काठमाडौं– उपभोक्ताको हक संरक्षणसम्बन्धी विधेयक, रोजगारीको हक व्यवस्था गर्न बनेको विधेयक, आवासको अधिकार व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सम्बन्धी विधेयक र सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयक समितिले पारित गरी प्रतिनिधि सभामा पेश भएका छन्।

राष्ट्रिय सभाबाट पारित भएका वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएका छन्। अन्य आठवटा विधेयक भने समितिमा छलफलका क्रममा रहेका छन्। उक्त विधेयक आज अन्तिम समयसम्म पारित भई भोलि प्रतिनिधि सभामा पेश हुनेछन्।

मौलिक हकसम्बन्धी १५ वटा विधेयक संघीय संसदका विभिन्न समितिमा विचाराधीन थिए। चार वटा विधेयक राष्ट्रिय सभाका समितिमा र बाँकी प्रतिनिधि सभाको समितिमा रहेका थिए।

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै यी विधेयक राष्ट्रपतिबाट अनुमोदन हुनुपर्ने भएकाले हतार गरी पारितका लागि संसदमा पेश भएका हुन्।

अबको एक सातामा झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाले गर्दा प्रर्याप्त छलफल बिनै समितिबाट पारित हुँदै संसदमा पेश भएका छन्।

अझसम्म समितिमा नै रहेका विधेयकहरू

  • सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनलाई संशोधन गर्न बनेको विधेयक
  • अनिवार्य तथा निःशुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक
  • वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • उपभोक्ता संरक्षण सम्बन्धी विधेयक
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय