शुसिला रेग्मी, रामपुर (पाल्पा) : राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई स्थायी गर्न माग गर्दै राहत शिक्षक आन्दोलनमा उत्रेका छन् । नेपाल राहत शिक्षक केन्द्रिय समितिको आयोजनामा देशव्यापी रुपमा भएको सामुदायिक विद्यालयहरुको आम हड्ताल कार्यक्रम अन्र्तगत पाल्पा जिल्लाको रामपुर नगरपालिकामा कार्यरत राहत शिक्षक आन्दोलनमा उत्रेका हुन् । देशव्यापी रुपमा भएको आन्दोलन अन्र्तगत भदौ २६,२७ र २८ गते तीन दिन सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल राहत शिक्षक रामपुर नगर समितिका अध्यक्ष बालकृष्ण रेग्मीले जानकारी दिनुभएको छ ।

यसैबिच रामपुरस्थित सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको जानकारी प्राप्त भएको छ । रामपुर नगर शिक्षा अधिकृत रामाकान्त अर्यालले आन्दोलनरत नेपाल राहत शिक्षक नगर समिति रामपुरले विभिन्न माग गर्दै कार्यालयमा ज्ञापन पत्र बुझाउन आएको र रामपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको सम्बन्धमा आफुलाई कुनै खबर नआएको बताउनुभएको छ ।

रामपुर नगरपालिका ५ को रामतुलसी माविमा आज आंशिक मात्र विद्यालय संचालन भएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो । त्यस्तै रामपुर नगरपालिका ७ को आधारभुत मावि डुम्रीगाउँमा नेपाल राहत शिक्षक समितिको आन्दोलनलाई समर्थन गर्दै आज विद्यालय संचालन बन्द गरिएको प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो । त्यस्तै रामपुर नगरपालिका १० को जनकल्याण माविमा आजको पहिलो कक्षा संचालन पछि विद्यालयमा पठनपाठन बन्द गरिएको प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

रामपुर नगरपालिका २ को कृष्णादेवी मावि भलायटारमा भने आज राष्ट्रिय बालदिवसको सन्दर्भमा विविध प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक महेन्द्रराज थापाले बताउनुभयो । नेपाल शिक्षक महासंघ रामपुरका नगर अध्यक्ष एवम् चन्द्रोदय माविका प्रधानाध्यापक टंकनाथ पोखरेलले राहत शिक्षकलाई सहयोग गर्दै आजको पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा रातह कोटामा कार्यरत शिक्षकलाई स्थायी गर्नुपर्ने, स्थायी प्रक्रियाको थालनीपूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरुको स्थायित्व निर्माणाधिन ऐनले गर्ने, स्थायी प्रक्रिया सुरु गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परिक्षामा राहत दरबन्दिमा कार्यरत शिक्षकहरुको उमेरको दबन्दी हटाउनुपर्ने, राज्यबाट शिक्षक शिक्षक बिच गरिदै आएको सबैखाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गरियोस् भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय