राजेन्द्र पोखरेल 

खाएर हर दिन छिमेकीको आँटा
चलाउँछु छिमकमै बनेको मेरो मोटर टाटा

गरी खान गाह्रो रैछ व्यहोरियो सधैँ घाटा
नेताको कलाकौशलले बनाइदियो हामीलाई लाटा

बुर्जुवा शिक्षा बहिस्कार भन्दै थमाइयो हातमा भाटा
शब्दजालमा पारियो हामीलाई हेर न नेता कति बाठा

ताजै छन् मनभित्र अझै अतितका ती अमेट खाटा
मुक्तिकामीको सपना बोकी हिड्यौँ बारीको पाटै पाटा

गाइरहिएकै छ अझै आमूल परिवर्तनको एकोहोरो राँटा
खोलो तर्यौ तर लौरी बिर्स्यौ बन्न दिइएन हामीलाई टाठा

तसर्थ,

स्वाधीनताको यात्रामा छु आजभोलि खाँदै छिमेकीको आँटा
आत्मनिर्भर बन्न पाखो बाँझै राखी चलाउन थाले मैले टाटा

छिमेकीको आँटा पुर्‍याउन घर घर चल्दैछ मेरो प्यारो छिमेकीकै टाटा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय