नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजनामा टोखा नगरपालिका वडा न ७ को आर्थिक सहयोगमा मगर जातिको भाषा, संस्कार र सस्कृति जगेर्ना विषयक ५ दिने गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मगर भाषाको विषयमा डा विष्णु सिंजाली, संस्कार र संस्कृतिको विषयमा डा ःमिन श्रीस र भाषिक महत्व विषयमा बारा भाषिक उपाध्यक्ष फुल कुमारी थापाले प्रशिक्षण दिनु भएको थियो
नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष हिरु रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो । भने विभिन्न कार्यक्रमको सञ्चालन उप महासचिव चित्र श्रीसले गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धनकुमारी रानाले गर्नु भएको थियो ।
कार्यक्रमको अन्तीम दिन आज २० गते समापन समारोहको प्रमुख अतिथी टोखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नरोत्तम राना रहनु भएको थियो भने कार्यक्रममा न्यायिक समिति सदस्य गोपीकृष्ण पाठक, मगर उत्थान समाज, सेरोफेरो लाघाली समाज भुम्या समाज, चेलीबेटी आमा समुह लुकुम, नेपाल मगर महिला संघ जिल्ला समिति काठमाडौँ, ललितपुरका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु हुँदै नेपाल मगर महिला संघकी अध्यक्ष हिरु रानाले कुनै पनि जातिको अस्तित्व उसको पहिचानसँग जोडिने हुनाले पहिचानको एउटा पाटो भाषा,संस्कार र संस्कृति भएको बताउनु भयो । उहाँले यसको संरक्षण र सवद्र्धन गर्न महिलाहरुको पनि महत्वपूर्ण भएको हुनाले बाह्र मगरात भित्र बोलिने ढुट भाषालाई काठमाडौँको टोखा नगरपालिका वडा नं ७ भित्र बसोबास गर्ने मगर महिला दिदीबहिनीहरुलाई दिइएको बताउनु भयो ।
उक्त प्रशिक्षण तथा तालिममा पाँचै दिन १०० जनाको उपस्थिति रहेको थियो ।