काठमाडौँ,१४ चैत्र ।

नेपाल चम्बर अफ कमर्स र संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सविच द्धिपक्षीय व्यापार सम्बन्ध विस्तार गर्ने उदेश्य सहित समझ्दारी पत्र(MoU) मा हस्ताक्षर गरिएको छ ।

दुई देशको व्यापार सम्बन्धलाई प्रबद्र्धन गर्ने र सम्बन्धित क्षेत्रहरुमा व्यापारिक समुदायहरुको पारस्परिक लाभ र हित हुने गरी गरीएको सम्झौतामा नेपालको तर्फबाट नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र ब्रुक्लिन चम्बर अफ कमर्श संयुक्त राज्य अमेरीको न्यूयोर्क अध्यक्ष रयान्डी पियर्सले हस्ताक्षर गर्नु भएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्रोक्लिन चेम्बर अफ कमर्श न्युयोर्क बिच समझदारी पत्रमा हस्ताक्षर हुनु सुखद रहेको भन्नु हुँदै यसले दुई देश विचको व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्ने बताउनु भयो । उहाँले अमेरीकाका अन्य राज्यसँग पनि सम्झदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनु भयो ।

अध्यक्ष मल्लले हालसम्म ४५ वटा राष्ट्रगरी ७३ वटा चेम्बर अफ कमर्शसँग नेपालले सम्झौतामा हस्ताक्षर गरेको बताउनु भयो । नेपालको दुईपक्षीय व्यापार,(एफ पि आइ) FPI , लगानी प्रबद्र्धनको लागि सहकार्य हुने उहाँले भन्नु भयो । त्यस्तै नेपाल र संयुक्त राज्य अमेरीकाको चेम्बर अफ कमर्श विच समझ्दारी पत्रमा हस्ताक्षर गराउन महत्वपूर्ण भूमिका खेल्ने ब्रोक्लिन चेम्बर अफ कमर्शका बोर्डसदस्य शाहिद खानले नेपालसँग द्धिपक्षीय व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने हेतुले भएको सम्झौताले नेपाल जस्ता बिकाशिल देशहरुले लाभ लिन सक्ने बताउनु भयो । यसमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बोर्ड सदस्य खानले जानकारी दिनु भयो ।


उक्त सम्झदारी पत्र मा ८ ओटा धाराहरु उल्लेख गरीएको छ । जसमा सम्झौता हस्ताक्षर गर्ने पक्षहरुले आ–आफ्ना सदस्यहरुबीच प्रभावकारी व्यापार सम्बन्ध स्थापना गर्न आतिथ्यतालाई व्यवस्थित गर्नका लागि एक अर्कासँग सहकार्य गर्ने,पक्षहरु विच पारस्पारिक व्यापार प्रवर्दन गर्ने सम्भावनाहरुको आदान प्रदान गर्ने, सान्दर्भिक प्रकाशनहरु, क्याटलग,व्यापार साहित्य र मुद्रित सामग्री पारस्परिक आधारमा निःशुल्क उपल्बध गराउने, आ आफ्नो क्षेत्रका उद्यमहरुलाई आफ्नो देश वा तेस्रो मुलुकमा सञ्चालन वा संलग्न गराउन सहयोग गर्ने । अन्र्तराष्ट्रिय प्रदर्शनी, गोष्ठी, सेमिनार, सम्मेलनहरु योजना गर्ने र एक अर्का देशलाई आमन्त्रण गर्ने, भाग लिने, अर्थतन्त्रलाई सुदृढ पार्न सहयोग गर्ने , पारस्परिक व्यापार र बजार अनुसन्धान गर्न र एक अर्कालाई लाभदायक व्यापार सम्पर्क र पारस्परिक व्यापार प्रवद्र्धन गर्न मदत गर्ने, व्यापारको निरन्तर द्धिपक्षीय प्रवाह र पारस्परिक व्यापार र औद्योगिक सहयोगको निरन्तर वृद्धिमा असर पार्ने अवरोधहरुलाई समाधान गर्ने, सम्झौताको कार्यान्वयनका निम्ती पक्षहरुले आवधिक रुपमा समिक्षा बैठक आयोजना गर्ने, एक अर्का पक्षधर देशहरुले एक आपसमा सचिवालय सेवा उपलब्ध गराउने लगायत रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्श र ब्रोक्लिन चेम्बर अफ कमर्श संयुक्त राज्य अमेरीका न्यूयोर्क राज्य विच भएको दुई पक्षीय व्यापार हित समझदारी पत्रको हस्ताक्षरको निम्ती पत्रकार कुशल अर्यालले सहजीकरण गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय