अमेरीकाको न्युयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हूँदै नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले नेपालको प्रकृतिकसंग रमाउन तथा जिवनको नयाँ अनुभुति लिनका लागि नेपाल भ्रमण गर्न अनुरोध गर्नु भएको छ ।
विश्वका अन्य देशमा नपाईने उत्कृष्ट खानेपानीको श्रोत, स्वस्थ्यकर हावा पानी नेपालमा रहेको भन्नु हुदै मन्त्री खानले विश्वका सबै देशवाट पर्यटकहरू नेपालको प्रकृति सँग खेल्न आउने गरेको बताउनु भयो ।
नेपालमा धेरै संभावनाहरू रहेको भन्दै मन्त्री खानले अमेरिकामा रहेका व्यापारीहरूले सहयोग गरि नेपालको खानेपानी, भौतिक सामग्रीका साथै कृषि जन्य पदार्थ नेपालबाट अमेरिका ल्याएर साना तथा घरेलु उत्पादनलाई विश्व बजार पुराउन मन्त्री खानले अनुरोध गर्नु भयो ।
ब्रुकिलन च्याम्बर अफ कर्मस अमेरीका र नेपाल चेम्बर अफ कर्मश विच दुई देशशिय सहयोग आदान प्रदान गर्ने उदेश्यले MOU सम्झौता पनि भइसकेको उल्लेख गर्नु हुँदै द ब्रुकलिन च्याम्बर अफ कमर्शका वोर्ड सदस्य शाहिद खानले यो नेपाल र नेपाली तथा अमेरीकाको निम्ती खुशीको विषय भएको र छिटै ब्रुकिलन च्याम्बर टोली नेपाल भ्रमणमा आउने समेत जानकारी दिनु भयो । ब्रुकिलन च्याम्बर बोर्ड सदस्य खानले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्ने र नेपालका सागम्री विश्व बजारसम्म पुरयाउन मदत गर्ने समेत बताउनु भयो ।
उक्त कार्यक्रमको सहजिकरण ब्रुक्लिन च्याम्बरका बोर्ड सदस्य शाहिद खानले गर्नु भएको थियो ।
कार्यक्रममा ब्रुकलिन च्याम्बर अफ कमर्शका प्रेसिडेन्ट र्रयान्डी पियर्स, भाइस प्रेसिडेन्ट क्याथी लि, ग्लोबल एफेयर म्यानेजर अभि लेसेज लगायतले बोल्नु भएको थियो ।