पुनाराम सुनारी पाल्पा
निस्दी गाउपालिका वडा नं ४ मित्यालले टोलहरुको विभिन्न झाकि प्रदर्शन तथा विभिन्न पदमा आयोग पास गर्ने मगरहरुलाइ सम्मान गरि ४१ औं मगर एकता दिवस मनाएको छ ।

वडा नं ४ अध्यक्ष सन्तविर सुनारीको अध्यक्षता भएको दिवसमा प्रमुख अतिथि पुर्व अध्यक्ष मन प्रसाद सोति,अतिथिहरु नेकपा एमाले निस्दी गाउँ कमिति अध्यक्ष नर बहादुर सुनारी, नेपाली कांग्रेस प्रतिनिधि, नेकपा माओवादी प्रतिनिधि,समाजसेवी भुवन थापा सोति, केश बहादुर सुनारी, लोक बहादुर सारु लगायत अन्य वडा सदस्यहरुको अतिथित्व र विभिन्न टोलबाट आएका दर्शकहरुको उपस्तिथिमा दिवस कार्यक्रम निस्दी सभा हल झ्यल्टुङ्गमा भव्यताका साथ मनाएको थियो ।


लामेदमारको कौरा, भोर्मको झ्याउरे, मौलथारको पन्चेबाजा र भिरपानीको झ्यारे मुख्य आकर्षकको रुपमा झाकी प्रदर्शन रहेको थियो ।


दिवस कार्यक्रममा विभिन्न पदमा आयोग पास गर्ने मगरहरुलाइ तथा पुर्व अध्यक्षहरु र समाजसेवीहरुलाइ सम्मान गरेको थियो ।


मगर दिवस मगरहरुलाई एकजुट बनाउन र मगर संस्कृतिलाई जोगाउन धेरै सहयोग पुगेको बताउदै मगरहरुको संस्कृति भेषभुषा जोगाइ राख्न प्रमुख अतिथि मन प्रसाद सोतिले अनुरोध गर्नु भयो । ४१ औं मगर एकता दिवस देश भरी मनाइ राख्दा हाम्रो वडाको दिवस अझै महोत्व बोकेको र मगरहरुको संस्कार झल्केको सोतिले बताए ।
कार्यक्रम संचालन सहबिर खनगाहाले गर्नु भएको थियो ।
वडाको निर्णयलाई सहर्ष स्वीकार गरेर हाम्रो मगर संस्कृति लाई झल्काउन आएकोमा धन्यवाद दिदै ४१ औं मगर एकता दिवसको अध्यक्ष सन्तविर सुनारीले शुभकामना दिनु भयो । हिजो मगर एकजुट हुन नसक्दा हेलामा परेको अझै मगर हरुको संस्कार झल्काउने काम मगरहरुले नगर्दा पछाडीदै गएको सुनारीले बनाउनु भयो । मगरहरुको संस्कृत जोगाइ राख्न आफ्नै टोल वस्तीहरुमा प्रदर्शन गरि जोगाइ राख्न अनुरोध गर्दै सुनारीले दिवस कार्यक्रमको समापन गर्नु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय