पाल्पा
निस्दी गा पा वडा ७ ज्यामिरे भुटुके देखि कच्चापदार्थ नवलपरासी सर्दी सम्म लाने होङ्सी सिवम सिमेन्ट कम्पनी संचालनमा आएको पाँच बर्ष पुगेको छ । होङ्सी कम्पनीले कत्ति कामहरु आफ्नै मनपरिमा गर्दै आएको निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारुले टिप्पणी गर्नु भएको छ ।
बाजेहरुले खाउ भनेर दुखले बनाएको जग्गा आज होङ्सीले लग्यो, भएको जग्गामा कम्पनी आए पछि अन्नवाली केही हुदैन कृषि योग्य जमिन आज केही हुदैन, हिजो पिउने पानी आगनमै धारा थियो आज होङ्सिले सुरुङ्ग खने पछि पानी सुक्यो, हिजो शुद्ध हावा पिउन डाडामा गए पाइन्थ्यो अहिले बाहिर निसक्यो धुलोले मान्छे नचिन्ने हुन्छ त्यो सबै सहेर पनि स्वास्थ्यमा असर पुगेको, बालबालिकाहरुको शिक्षामा असर पुगेको र भोलिको भविष्य हामीलाई नदेखेको भन्दै आज ज्यामिरेका वासिन्दा आन्दोलनमा आएको छ ।

खानी देखि कच्चापदार्थ लान दिनको हजारौं पटक टिप्पर भुटेके बाट ज्यामिरे टोल हुँदै अधमारा, मोटेखरक बाट सर्दी कम्पनी सम्म लाने गर्छ । पाँच बर्ष अगाडि स्थानीयहरुसंग मौखिक सम्झौता अनुसार कम्पनीले केही नगरेको भन्दै आज आन्दोलनमा उत्रेको १९ औं दिन हुँदा पनि कम्पनीले केही प्रतिक्रिया नदिए पछि निस्दी गा पा अध्यक्ष, स्थानीय र कम्पनीका जिम्मेवारी प्रतिनिधिहरु बीचमा छलफल भएको छ ।
पुनर्वास कम्पनीले तत्काल गर्न नसक्ने प्रतिक्रिया पश्चात्
कम्पनी र स्थानीय बिच झन्डै झडप हुने गरि आक्रोशित छलफल भयो ।
पुनर्वास नै स्थानीयको विकल्प भएको स्थानीयहरुले बताए पछि स्थानीय र कम्पनी बिचमा केही निर्णय हुन सकेन ।
कम्पनीले ठोस निर्णय नदिए पछि अध्यक्ष सारु
गल्ती होङ्सीले गर्ने, गल्तीको भार निस्दी गा पा बोक्न सक्दैन भन्दै कम्पनी प्रती खनिए । कम्पनीको पाँच बर्ष देखीको नाटक देख्दै आएको र कम्पनीले ठोस निर्णय दिन नसकेको सारुले बताए ।
बाताबरणयी बिज्ञ हरु ल्याएर ज्यामिरे लगायत अन्य असर पुगेका टोलहरुमा अनुसन्धान गरि बिज्ञको निर्णय पछि अन्तिम निष्कर्षमा कम्पनी जाने निर्णय पछि उक्त अनुसन्धानको निर्णय नआउँदा सम्म होङ्सी को कुनै तिप्पर र सुरुङ्गको काम नहुने भनी छलफल स्थगित भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय