पुनाराम सुनारी निस्दी
पाल्पा निस्दी गा पा मा पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालको अध्यक्षता भएको गोष्ठीमा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, बिशिस्ट अतिथि निस्दी गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लगायत निस्दी गा पा का विभिन्न शाखा प्रमुख कर्मचारीहरुको अतिथीमा भएको कार्यक्रममा प्रत्येक वडा का स्वास्थ्य शाखा प्रमुखले आफ्नै वडाका वडा अध्यक्षहरुको अगाडि प्रगति विवरण प्रस्तुत गरेको थियो ।
गोष्ठीमा सुत्केरीहरुको अवस्था, विभिन्न रोग विरुद्धको खोप सुचकहरुको अवस्था, विभिन्न सरुवा रोग अवस्था, स्वास्थ्य कार्यक्रमहरुको मुख्य प्रगति बारे, पोषण कार्यक्रमको मुख्य सुचकहरुको अवस्था, रोग नियन्त्रण कार्यक्रमको मुख्य सुचकहरुको अवस्था, सुरक्षीत मातृत्व कार्यक्रमको मुख्य सुचकहरुको अवस्था, प्रजनन स्वास्थ्य अवस्था, परिवार योजना कार्यक्रमको मुख्य सुचकहरुको अवस्था, सेवा प्रदान गर्दा आइपरेका समस्यहरु बारे लगायत बृहत स्वास्थ्यमा आधारित रहेर प्रगति विवरण प्रस्तुत भएको थियो ।
कार्यक्रममा विवरण प्रस्तुत गर्दा केही विवरणमा प्रगति भएको र केही विवरणमा घट्दो हुँदै गएको देखिएको उक्त समस्य समाधान उपायको बिषयमा बृहत छलफल भएको छ ।
निस्दी भौगोलिक दुरिले कुनाकुना छरिएर रहेको र धेरै जसो वडाहरुमा स्वास्थ्य इकाइ नभएको हुदा हामी सुबिधा दिन बाट बन्चित बन्न पुगेको वडाका स्वास्थ्य प्रमुखहरुले बताए ।
निस्दी गा पा महिला सुत्केरीलाई बिशेष जोड दिदै आएको र गर्दै आउदा पनि केही यातायातको असुबिधाले गर्दा सुत्केरीहरु वडाका स्वास्थ्य शाखा सम्म आउन नसकेको बताउदै वडामा एमुलेन्सको सुबिधा स्वास्थ्य प्रमुखहरुले माग गरेको छ ।


मानव जीवनमा स्वास्थ्य नै सबै भन्दा ठूलो धन रहेको र उक्त धन बचाउन स्वास्थ्य शाखा तथा स्वास्थ्य इकाईका कर्मचारीहरु लागिरहेको बताइदै भोलीका दिनमा निस्दी स्वास्थ्य बाट स्वास्थ यसरी नै लागिरहेन प्रमुख अतिथि सारुले अनुरोध गर्नु भयो ।
गोष्ठीको कार्यक्रम निस्दी स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय