(२०१८ सेप्टेम्बर ५मा न्यूयोर्क टाइम्सले एक बेनामे लेखकको आलेख प्रकाशित गर्ने निर्णय ग-यो । न्यूयोर्क टाइम्सले नामबिनाको आलोख विरलै प्रकाशन गर्नेगर्छ । लेखकको आग्रहमा अमेरिकाको सबैभन्दा प्रतिष्ठित यस पत्रिकाले यस्तो निर्णय ग-यो । आलेखका लेखक ट्रम्प प्रशासनको शीर्ष अधिकारी भएको र आफूहरुलाई लेखकको परिचयको जानकारी भएको पत्रिकाले उल्लेख गरेको छ । लेखकको नाम खुलाउँदा उनको पद खतरा पर्ने भएकाले यस्तो निर्णय लिएको पत्रिकाले बताएको छ । सोही आलेखको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ–सम्पादक ।)

राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो राष्ट्रपति कार्यकालको परीक्षाको सामना गरिहेका छन्, त्यो पनि कुनै आधुनिक अमेरिकी नेताले नभोगेको स्तरमा ।

त्यो विशेष सल्लाहकार रोवर्ट मुलरको मुद्दा बढ्दै गएकाले मात्र होइन र अमेरिकी जन–मानस ट्रम्पको नेतृत्वलाई लिएर विभाजित भएकोले पनि होइन । अथवा ट्रम्पको पतनको लागि डटेर लागेको विपक्षीहरुसँग उनको पार्टी सदनमा हार्ने सम्भावना बढ्दै गएकाले मात्र पनि होइन ।

उनले राम्ररी ठम्याउन नसकेको पाटो के हो भने आफ्नै प्रशासन भित्रबाट धेरै शीर्ष अधिकारीहरु उनलाई असफल पार्न मेहनत गरिरहेका छन् । मलाई यो थाहा छ, किनकी म तिनीहरु मध्य एक हुँ ।
एउटा कुरा सुरुमै स्पष्ट गर्न चाहन्छु, हाम्रो प्रतिरोध वामपन्थीहरुको (अमेरिकी राजनीतिमा डेमोक्रेटिक पार्टीलाई वाम पार्टी भनिन्छ र विपक्षीहरु यो आलेख प्रकाशित गर्ने न्यूयोर्क टाइम्सलाई अमेरिकी वामको मुखपत्र भएको आरोप लगाउँछन्) लोकप्रिय प्रतिरोध होइन ।

हामीहरु यो प्रशासनलाई सफल बनाउन चाहन्छौँ । हामी यो प्रशासनले लिएका धेरै नीतिहरुले अमेरिकालाई बढी सुरक्षित र सम्बृद्ध बनाएको कुरामा विश्वास गर्छौँ ।

तर हामी हाम्रो पहिलो जिम्मेवारी यो देशप्रति छ भन्ने कुरामा विश्वास गर्छौँ । राष्ट्रपति ट्रम्प गणतन्त्रको स्वास्थलाई नोक्सान पुग्ने हिसाबमा अघि बढेको विश्वास गर्छौँ ।

यही कारण ट्रम्पले नै नियुक्त गरिएका हामीहरुले ट्रम्प पदमा रहुन्जेल उनको अधिक पथभ्रष्ट आवेगहरुलाई नकाम पारेर देशको लोकतान्त्रिक संस्थाहरुलाई संरक्षण गर्नको लागि जे गर्न सकिन्छ गर्नुपर्छ भनेर कसम खाएका छौँ ।

यो समस्याको मुल राष्ट्रपति ट्रम्पको अनैतिकतामा छ । उनीसँग काम गर्ने हरेकलाई थाहा भएको कुरा के हो भने निर्णयहरुमा उनी कुनै स्पष्ट सिद्धान्तमा बाँधिएका हुँदैनन् ।

उनी रिपब्लिकन पार्टीबाट निर्वाचित भएको भए पनि रुढीवादीहरुले ( अमेरकाको रिपब्लिकन पार्टीले मध्य–दक्षिणपन्थी नीतिहरुको वकालत गर्ने गरेकाले यसलाई रुढीवादीहरुको पार्टी भनिन्छ ) लामो समयदेखि अङ्गीकार गरेको खुल्ला विचार, खुल्ला बजार र स्वतन्त्र मानिसजस्ता आदर्शप्रति एकदमै कम सम्बद्धता देखाउने गरेका छन् ।

हदै भए उनले यी आदर्शहरुलाई लिखित रुपमा उल्लेख गर्ने गरेका छन् । तर धेरै अवस्थामा उनले यी आदर्शहरुमाथि आक्रमण नै गरेका छन् ।

प्रेस ‘जनताको शत्रुको हो’ भन्ने उनको व्यापक प्रचारित भनाइको साथसाथै राष्ट्रपति ट्रम्पको विचारहरु साधारणतया व्यापार–विरोधी र लोकतन्त्र–विरोधी छन् ।

ट्रम्पले नै नियुक्त गरिएका हामीहरुले ट्रम्प पदमा रहुन्जेल उनको अधिक पथभ्रष्ट आवेगहरुलाई नकाम पारेर देशको लोकतान्त्रिक संस्थाहरुलाई संरक्षण गर्नको लागि जे गर्न सकिन्छ गर्नुपर्छ भनेर कसम खाएका छौँ ।

मलाई गलत नठान्नु होला, ट्रम्प प्रशासनका केही उज्यालो पक्षहरु नभएका होइनन् । यी सकारात्मक कुराहरु उनीविरुद्ध लगभग अविराम रुपमा भइरहेको नकारात्मक मिडिया कभरेजले गर्दा बेवास्तामा परेका छन् ।
तिनमा सरकारी तथा अन्य स्थानका लागू रहेका कानुनी अवरोध तथा नियन्त्रणलाई प्रभावकारी रुपमा हटाइएको, ऐतिहासिक कर सुधार गरिएको र अहिलेभन्दा बलियो सेना निर्माणतर्फ अघि बढेको र अरु पनि कयैन छन् ।
तर यी सफलताहरु ट्रम्पको नेतृत्वशैलीको कारणले होइन बरु त्यसको बाबजुद भएको छ । उनको नेतृत्व शैली लगभग आवेगात्मक, शत्रुतापूर्ण, क्षुद्र र अप्रभावकारी छ ।

ह्वाइट हाउसदेखि कार्यकारी शाखा विभागहरु तथा एजेन्सी, शीर्ष अधिकारीले व्यक्तिगत रुपमा कमाण्डर–इन–चिफको बोली र कार्यहरुमा दैनिक अविश्वास रहेको स्वीकार गर्छन् । अधिकांशले आफ्ना कामकारबाहीलाई उनको सनकबाट बनाउन कोशिस गरिहेका छन् ।

‘उनले अहिले भर्खर लिएको निर्णय केही मिनेटमै बदल्छन् ।’  ओभल अफिस(ह्वाइट हाउसभित्रको राष्ट्रपतिको कार्यालय) को बैठकहरुमा एक हप्ता अघिमात्रै लिइएको निर्णयहरुमा राष्ट्रपतिको अदलाबदली देखेर वाक्क भएका एक शीर्ष अधिकारीले मसँगको व्यक्तिगत कुराकानीमा बताए  ।

उनका अनुसार ह्वाइट हाउसभित्र र वरपर रहेका बेनामे नायकहरु हुँदैन थिए भने ट्रम्पको अस्थिर बानि अझ बढी चिन्ताको विषय हुन्थ्यो ।

उनका केही सहयोगीहरुलाई मिडियाले खलनायकको रुपमा प्रस्तुत गरिरहेका छन् । तर, व्यक्तिगत रुपमा उनीहरुले खराब निर्णयलाई अघि बढ्न नदिनको लागि ‘वेस्ट विङ’मा लामो संघर्ष गरेका छन् । तथापि उनीहरु सँधै सफल हुँदैनन् ।

अहिलेको अस्तव्यस्त समयमा यो झुटो आशा मात्र हुनसक्छ, तर अमेरिकी नागरिकहरुले शीर्ष स्थानमा परिपक्व कोही छ भन्ने जानकारी पाउनुपर्छ भन्ने लाग्छ ।

हामी घटनाक्रमबारे जे भइरहेको छ त्यसमा पूर्ण परिचित छौँ । डोनाल्ड ट्रम्पले नगरे पनि हामी राम्रो कुराहरुलाई कार्यान्वयनमा ल्याउन प्रयास गरिरहेका छौँ ।

परिणामतः अहिले दुई ट्रयाक राष्ट्रपति कार्यालयको निर्माण भएको छ । उदाहरणको लागि परराष्ट्र नीतिलाई लिऔंः सार्वजनिक र व्यक्तिगत रुपमा राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ ऊनजस्ता निरङ्कुश र तानाशाहरुप्रति मोह देखाउँछन् ।

अर्कोतर्फ समान विचार भएका मित्र राष्ट्रहरुसँग रहेको गहिरो बन्धनहरुप्रति एकदम कम इमान्दारिताका साथ सराहना गर्छन् । तथापि एक समझदार अवलोकनकर्ताले प्रशासनको बाँकी हिस्साले अर्को मार्गमा गएर काम गरिरहेको देख्न सक्छन् ।

यो हिस्साले रसियाजस्ता मुलुकहरुले हाम्रो राजनीतिमा गरेको हस्तक्षेपका लागि सजाय दिलाएको छ र विश्वभरि रहेका मित्र राष्ट्रहरुलाई चिढ्याउनेभन्दा मन्त्रको रुपमा अघि बढाउने कामकारबाही गरेको छ ।

उदारणको लागि रसियाको सन्दर्भमा ट्रम्पले ब्रिटेनमा बसिरहेका पूर्व रुसी जासुसमाथि विष आक्रमणको लागि दोषी देखाएर हाल गरिएको स्तरमा रुसी जासुसहरुलाई अमेरिका निष्काशन गर्न हिच्किचाई रहेका थिए । उनले हप्तौंसम्म उच्चपदस्थ कर्मचारीलाई आफूलाई रसियासँग थप मुडभेडतर्फ धकेलेको गुनासो गरिरहे । एक देशले हानिकारक क्रियाकलाप गरे बापत लगाइएको प्रतिबन्धहरु जारी राखेकोमा निराशा व्यक्त गरिरहे ।

तर उनको राष्ट्रिय सुरक्षा समूहलाई राम्ररी थाहा छ कि मस्कोलाई उत्तरदायी बनाउनको लागि यस्तो कारबाही चाल्नै पर्थ्याे ।

यो तथाकथित ‘डिप स्टेट’( षड्यन्त्रवादी सिद्धान्तकारहरुले मान्ने राज्यभित्रको राज्य ) को काम होइन । यो नियमित राज्यकै काम हो । कयैन अस्थिरताको हालको अवस्थामा क्याबिनेटभित्रै अमेरिकी संविधानको २५औं संशोधनलाई निरन्तरता दिने गाईगुई सुनिन्छ । यसले राष्ट्रपति हटाउने जटिल प्रक्रिया शुरु गर्छ । तर कोही पनि संवैधानिक संकटमा सहभागी हुन चाँहदैन ।

यो अवस्थाको अन्त्य नभएसम्म हामी कुनै न कुनै तरिकाले यो प्रशासनलाई सहि दिशातर्फ डोहो-याउनको लागि आफूहरुले भ्याए जति गर्नेर्छौँ ।

मुख्य चिन्ता ट्रम्पले राष्ट्रपति पदलाई के गरे भन्ने होइन बरु एक राष्ट्रको रुपमा हामीमाथि के गर्न दियौं भन्ने हो ।

हामी उनीसँगसँगै निक्कै गिरेका छौँ र वहसहरुलाई शिष्टताबाट गिर्न दिएका छौंँ । आफ्नो बिदाई पत्रमा सिनेटर म्याक्केनले यसलाई सबैभन्दा उत्कृष्ट ढंगले व्यक्त गरेका थिए । सबै अमेरिकीहरुले उनको शब्दबाट पाठ लिनुपर्छ र कविलावादी मानसिकताबाट मुक्त हुनुपर्छ ।

यो महान देशको साझा मूल्यमान्यता र प्रेमबाट एकतावद्ध हुँदै उच्च लक्ष्यका साथ अघि बढ्नुपर्छ ।

सिनेटर माक्केन हामी माझ छैनन् । तर हामीसँग सँधै ती पथपदर्शकले देखाएको मार्ग हुनेछ । सार्वजनिक जीवन र राष्ट्रिय सम्वादमा सम्मान पुनस्र्थापित गर्न हामीले उनबाट पाठ सिक्न सक्छौँ ।
ट्रम्प यस्ता सम्माननिय मानिसबाट डराउलान् तर हामीले उनीहरुप्रति उच्च आदर प्रदर्शन गर्नुपर्छ ।

ट्रम्प प्रशासनभित्र देशलाई पहिलो प्राथमिकतामा राख्ने मानिसहरुको एक मौन प्रतिरोध जारी छ । तर साँच्चैको बदलाब ती आम नागरिकहरुले मात्र ल्याउन सक्छन्, जो राजनीतिभन्दा माथि उठ्न सक्छन्, फरक विचार भएकाहरुसँग पनि सम्वाद गर्न तयार हुन्छन् ।

अमिरिकी पहिचानको लागि बाँकी सम्पूर्ण परिचयलाई त्याग्न दृढता देखाउन सक्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय