पुनाराम सुनारी पाल्पा निस्दी गाउपालिकाले प्रत्येक वडामा पुगेर नयाँ सेवाको काम सुरु गरेको छ । निस्दी गा पा अध्यक्ष मुक्त बाहदुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, स्वास्थ्य शाखा प्रमुख रेम दिशा, लेखा अधिकृत सरोज काफ्ले, योजना अधिकृत अर्जुन खनाल, पशुसेवा प्रमुख ओम मश्राङ्गी लगायत अन्य सबै शाखाका प्रमुखहरु निस्दी १ वाकामलाङ्गको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गरेको हो ।

भौगोलिक दुरिले वडाहरु धेरै टाढा टाढा रहेकोले सेवाग्राहीहरु सेवा लिन गार्हो र बन्चित बन्न पुगेको हुदा माघ ११ गते देखि १७ गते सम्म प्रत्येक वडामा यो घुम्ती सेवा हुने निस्दी गा पा अध्यक्ष सारुले बताउनु भयो ।

एकीकृत घुम्तीले निम्न सेवा उपलब्ध गरेको छ-

१. आयोजना सम्झौता ,

२. आयोजना फरफरक,

३. आयोजना संचालन सम्बन्धि अभिमुखिकरण,

४. गरिब घर परिवार परिचय पत्र वितरण,

५. अपांग परिचयपत्र वितरण,

६. व्यवसाय दर्ता तथा नविकरण,

७. जेष्ठ नागरिक सम्मान ।

आफ्नै घर आगनमा सरकार आएको महसुस बल्ल भएको खुसी सुनाउदै सबै काम आफ्नै वडामा गर्न पाएको हुदा सजिलो भएको स्थानीयले बताउनु भयो ।

 

गरिब परिचयपत्र लिने पुरुष १३ र महिला १९ जना गरि जम्मा ३२ जनाले लिएको थियो । अपंगता परिचयपत्र लिने सेवाग्राहीहरु निलो ´ख` ५ जना, पहेँलो ´ग` ६ जना सेतो `घ´ २ जना गरि १३ जनाले लिएको थियो ।

पशु सेवामा विभिन्न पशुहरुको परिजिवी नियन्त्रणका लागि विभिन्न औषधिहरु लिएको थियो । गाई/भैंसी १४१ वटालाई, बाख्रा ५६१ वडालाइ, बंगुर/सुंगुर २३ वटा, कुखुरा ६८० वटालाई परिजिवी नियन्त्रणका लागि पुरुष २८ जना महिला ५१ गरि जम्मा ७९ जनाले औषधि लिएको थियो ।

जेष्ठ नागरिक ७५ बर्ष देखि माथीको ३३ जनालाई दोसल्ला, सम्मान पत्र तथा टर्च लाइटले सम्मान गरेको थियो ।

व्यवसाय दर्ता ३ वटा होटल तथा रेष्टुरेन्ट र १ वटा कृषि तथा पशु गरि जम्मा ४ वटा दर्ता गरेको थियो । योजना अभिमुखिकरण १४ वटा र योजना सम्झौता १३ वटा घुम्ती सेवामा भएको थियो ।

 

यसरी नै सबै वडा वडा मा सेवा प्रदान गर्ने पनि गा पा अध्यक्ष सारुले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय