पुनाराम सुनारी पाल्पा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि। पाल्पा निस्दी गा पा मित्याल शाखाले २५ औं वार्षिक साधारणसभा मनाएको छ । ूमर्यादित व्यवसाय र प्रविधिमा सहकारीू मुल नाराका साथ मनाइएको साधारणसभा कार्यक्रम नवप्रतिभा सहकारी संस्था लि। समिति का उपाध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, विशिष्ट अतिथि निस्दी गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहनु भएको थियो ।

५०० जना भन्दा धेरै निस्दीका वडा वडा बाट शेयर सदस्यको उपस्थिति थियो । कार्यक्रममा संस्थाको प्रतिबेदन संस्था समितिका उपाध्यक्ष कृष्ण बहादुर चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

सुरुवाती अवस्थामा नवप्रतिभा युवा क्लब रहेको संस्थालाई मुद्रित संस्थातर्फ लान २७ जनाको युवाहरू मिलेर प्रति युवा रु। ४०० उठाइ सुरु गरेको संस्था, आज २५ औं वार्षिक साधारणसभा मनाउदै गर्दा ३ अर्ब भन्दा बढी सम्पत्ति रहेको संस्थाका सि इ ओ राम प्रसाद काफ्ले ले बताउनु भयो ।

कार्यक्रममा विभिन्न बिधामा रहेर सम्मान कार्यक्रम पनि गरिएको थियो । ६८ बर्ष माथीका जेष्ठ नागरिकहरुलाइ टेक्नका लागि लठ्ठी, न्यानो पछौरी लगायत विभिन्न आवश्यक सामाग्रीहरुले सम्मान गरिएको थियो ।

सहकारी संस्थाको स्थापना भन्दा अगाडि ऋण लिन साहु काँहा गएर धेरै व्याजमा ऋण लिन पर्ने बाध्यता भएको र अहिले सहकारी संस्थाले व्यवसाय गर्न चाहनेका लागि सजिलै ऋण उपलब्ध गराइ व्यवसायमा वृद्धि गरेको विशिष्ट अतिथि तथा निस्दी गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बताउनु भयो । सहकारी संस्थालाइ ऋण लिन भन्दा बचत गर्न प्रयोग गर्न हुन अनुरोध गर्दै आगामी वर्षहरुमा पनि यसरी नै साधारणसभा मनाउन पाइएने गरि काम गर्न संस्थालाई शुभकामना दिनु भयो ।

ऋण केही गर्न चाहनेका लागि साधन र जल्न चाहनेहरुका लागि आगो हुने कुराबाट सुरु गर्नु भएको शुभकामना मन्तव्य कार्यक्रममा सहकारी संस्थाको बिषयमा र ऋणको बारे बिज्ञ हुन शेयर सदस्यहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारुले आग्रह गर्नु भयो । सहकारी संस्थाहरुलाइ जहाँ समस्या त्यहाँ उपायको रुपमा प्रयोग गर्दै आएको तर बचत भने त्यत्ति नगरेको सारुले बताउनु भयो । सहकारी संस्थामा ऋण लिए पश्चात् ऋणको दोब्बर तेब्बर आम्दानी लिने गरि व्यवसाय गर्नु हुन पनि अनुरोध गर्नु भयो । गाउँको खेत बारी बाझो राखेर सहकारी संस्थामा ऋण लिएर किस्ता सम्म तिर्न नसक्ने अवस्था यस्तै सहकारी संस्थामा ऋण लिएर देखिएको बताउदै ऋण लिदा बुझेर सम्झेर सोचेर लिन सारुले अनुरोध गर्दै संस्थालाई उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

आज छ भोलि कहाँ हो कहा हुने,पैसा हावा जस्तै हो र ऋणको बिषयमा सुरुमै अवगत गरेको कार्यक्रमका अध्यक्ष तथा संस्थामा उपाध्यक्ष कृष्ण बहादुर चौधरीले बताउनु भयो । ऋण आवश्यक हुँदा मात्रै लिन र बचत तर्फ सहकारीलाई बढी प्रयोग गरे अझै राम्रो हुने बताउदै अध्यक्ष चौधरीले सहकारी संस्था को २५ औं वार्षिक साधारणसभा कार्यक्रम समापन गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय