पुनाराम सुनारी पाल्पा
निस्दी ४ मित्यालमा रहेको गौरीशंकर मा बि मा पुरानो शिक्षक अभिभावक संघ समितिलाई विदाइ गरि नयाँ समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय समितिको अध्यक्ष भुपिन्द्र सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी ४ नं वडा अध्यक्ष शन्तविर सुनारी, विशिष्ट अतिथी गौरीशंकर मा बि का प्रध्यानाध्यापक केश बहादुर सुनारी र अतिथिहरु शिक्षक, वडा सदस्य लगायत बुद्धिजीवीहरु रहनु भएको थियो । कार्यक्रममा आठ जनाको नयाँ समिति सबैअभिभावकहरुको सर्वसहमतिमा गठन भएको हो ।

जसकोअध्यक्षमा देव बहादुर खान्गाहा रहनु भएको छ । नयाँ समितिले भावी दिनमा बिधालयको शिक्षा गुणस्तर, भौतिक गुणस्तर लगायत कार्यहरु तदारुकताका साथ गर्ने बताएका छन् । अतिथिहरुले समितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय