पुनाराम सुनारी पाल्पा
पाल्पा क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु प्रसाद श्रेष्ठले पाल्पाको पुर्बी भेग निस्दी रामपुर तथा पुर्बखोलालाई समेटी दू्रत बिकासको मोडल अगाडि बढाइ परिवर्तन गर्ने बताउनु भयो ।

अबका दिनहरु जनताको सुखदुमा सँग सँगै खटिने बताउँदै उम्मेदवार श्रेष्ठले , एक घर एक धारा, कृषिमा आत्मा निर्भर, पशु व्यावसाय गरि आत्म निर्भर, युवा रोजगार, शिक्षा, यातायात, स्वास्थ्य, बिजुलीको बृहत बिस्तार गर्नेमा जोड दिने बताउनु भयो ।

उहाँले प्रत्येक घर घर पुगेर समस्या बटुल्दै प्रत्येक भोटको कदर गरि बिकासको गतिका निम्ती जहाँ जस्तो समस्या छ त्यस्तै समाधान गर्न पर्यत्न गर्ने मतदाताहरु लाई बताउनु भयो ।

उम्मेदवार श्रेष्ठले आफु जनताको सेवा गर्नकै लागि जन्मिएको हुँदा निस्दी बासीको दुखसुखमा आफुले संधै साथसहयोग गर्ने बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय