पुनाराम सुनारी पाल्पा
कार्तिक १५ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं। १ प्रतिनिधिसभा सदस्य उमेदवार नारायण आचार्यले
विकासको एक मात्र खम्बा एमाले पार्टी भएको बताउनु भएको छ । निस्दीको विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता आर्चायले आगामी मंसिर ४ गते हुने चुनावमा एमाले पार्टीलाई बहुमतका साथ जिताएर पठाएमा, पुर्वि पाल्पाको मुहार फेर्ने जिम्मा आफ्नो भएको बताउनु भयो ।
पुर्वी पाल्पाको निस्दी गाउँपालिकालाई हिमाल पहाड तराई जोडिने भिमाद रामपुर अरुणखोला मोटरबाटो स्तरोन्नति गर्ने, १२ महिनै प्रत्येक टोलमा जान मिल्ने मोटरबाटो बिस्तार गर्ने , ठाउँ ठाउँमा पक्की पुल निर्माण, बिजुलीको समस्या समाधान, एक घर एक खानेपानी धारा, शिक्षक तलब भत्ता वृद्धि, विभिन्न बिकासमा निरन्तर लाग्ने, ं२ कक्षा संचालन गर्ने जस्ता योजनाहरु उहाँले सुनाउनु भयो आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक गराउन एमालेको जित आवस्यक रहेको आचार्यले बताउनु भयो ।

२०५१ मा नेकपा एमाले सरकारले सुरु गरेको आफ्नो गाउँ आफै बनाउ अभियानबाट आज हरेक ठाउँ बिकासको गति लिएको बिकासको गति नै एमाले रहेको र त्यो अभियानलाई निरन्तरता दिनु पर्ने उहाको भनाइ छ।
प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठले निस्दी ६ अर्चालेमा रहेको खेतीयोग्य ठाउँहरुमा कृषि खेती तथा पशुपालन गरि अर्चले लाई आत्मा निर्भर गराउने युवा रोजगार, बिद्धुत, यातायात, शिक्षा, खानेपानीको बृहत बिस्तार गर्ने बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय