पुनाराम सुनारी पाल्पा
कार्तिक १३ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं। १ प्रतिनिधिसभा सदस्य पदका उमेदवार नारायण आचार्यले २०५१ सालमा एमाले सरकारले सुरुगरेको आफ्नो गाउँ आफै बनाउ अभियानबाट आज हरेक ठाउँमा बिकासको गति लिएको र उक्त बिकासको गतिमा नै एमाले रहेको हुँदा त्यसको निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।
निस्दी गाउँपालिका वडा नं ४ को चुनावी भेटघाटका क्रममा उम्मेदवार आर्चायले पुर्वी पाल्पाको निस्दी गाउँपालिका विकासको दृष्टीकोणले तुलनात्मकरुपमा पछाडी परेका भएपनि विकासको प्रचुर सम्भावना रहेको बताउनु भयो ।
उहाँले हिमाल पहाड तराई जोडिने भिमाद रामपुर अरुणखोला मोटरबाटो स्तरोन्नति, १२ महिनै प्रत्येक टोलमा जान मिल्ने मोटरबाटो बिस्तार, ठाउँ ठाउँमा पक्की पुल निर्माण, बिजुलीको समस्या समाधान, एक घर एक खानेपानी धारा, शिक्षक तलब भत्ता वृद्धि, विभिन्न बिकासमा निरन्तर लाग्ने र यस्ता योजना पूरा गर्ने आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक बनाउन एमालेको जित आवस्यक रहेको आचार्यले बताउनु भयो ।
प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठले निस्दी ४ मित्यालको लामेदमार, मुढाबास, दुनिदमार, धक्रेदमार, भुटिकोन लगायत ठाउँहरुमा कृषि तथा पशुपालनको प्रचुर सम्भावना भएको र अब निस्दीको खेतीयोग्य ठाउँहरुको माटो परिक्षण गरि व्यवसायिक खेती गरि आत्मा निर्भर बनाउन पर्नेमा जोड दिनु भयो ।