पुनाराम सुनारी पाल्पा

निस्दी गा पा पाल्पामा निस्दी गा पा उपाध्यक्ष तथा निस्दी गाउँपालिका उपभोक्ता हित संरक्षणका संयोजक, निस्दी गाउँपालिका बजार अनुगमन टोलि संयोजक तिरण कुमारी श्रेष्ठको संयोजकत्वमा इलाका प्रशासन कार्यालय रामपुरका प्रतिनिधि आशिष श्रेष्ठ, निस्दी गा पा कर्मचारी, निस्दी नगर प्रहरी एवं पत्रकारको समूहले निस्दीको मुख्य बजारहरु मित्याल बजार, ढुङ्ग्नाबेसि र बेलडांडामा तिहारको मुख मै दोस्रो पटक बजार अनुगमन गरेको छ ।


चाडपर्वमा बिशेष म्याद नाघेको समान बिक्री हुन सक्ने भएको हुँदा तिहार नजिकै फेरि अर्को बजार अनुगमन गरेको र यसरी नै पटक पटक अनुगमन गर्ने बजार अनुगमन संयोजक तथा निस्दी गा पा उपाध्यक्ष श्रेष्ठ बताउनु भयो ।


बजार अनुगमन गर्दा कति पसलहरुमा म्याद नाघेको समान बिक्रीवितरण गरेको फेरि पाएइको छ भने अझै कति पसलहरुले बिना अनुमति व्यवसाय गरेको भेटिएको पसल लाई कारबाही गरेको छ ।

सुरुमा सुझाव जस्तै अनुगमन गरेको थियो भने दोस्रो पटकमा त्यही म्याद नाघेको समान बिक्रीमा र बिना अनुमति व्यवसाय गरेको पसल लाई रु १०० को रसिद कटाइ कारबाही गरेको छ र फेरि अनुगमन गर्दा भेटिएमा नियम अनुसारको कारबाही गर्ने निस्दी गा पा सूचना अधिकारी अर्जुन खनालले बताउनु भयो ।


अनुगमन टोलिले बिक्रीवितरणमा राखेको म्याद नाघेका समान जफत गर्दै कुनै पनि व्यवसाय गर्दा गा पा मा अनुमती लिएर व्यवसाय गर्न अनुरोध पनि गरेको छ ।


म्याद नाघेको समानलाइ निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तिरण कुमारी श्रेष्ठको रोबहर, स्वस्थ्य प्रमुख रेम बहादुर दिशा, रुक्सेभन्ज्यङ्ग प्रहरी बरिस्ठ हवल्दार राम बहादुर थापा लगायत निस्दी गा पा बजार अनुगमन टोलिको उपस्थितिमा उक्त म्याद नाघेको सामानलाई जफत गरी नष्ट गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय