आज बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुन ः पारित भई राष्ट्रपति समक्ष पेश भएको नागरिक विधेक प्रमाणिकरण नगरेर संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार भएको ठहर गरेको छ ।
नागरिक विधेयक संविधानले सुनिस्चित गरेको १५ दिनको समय सिमाभित्र प्रमाणिकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा बुवाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यववस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्यमान्यतामा गम्भीर प्रहार भएको गठबन्धनको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रामक संवैधानिक व्यवस्थाका पक्षधर, सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा आह्वान समेत गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय