पुनाराम सुनारी पाल्पा( निस्दी ४ मित्याल लामेदमार पाल्पामा लालिगुरस सामुदायिक बिद्धुत बिजुली बत्ती बाल्ने काम सम्पन्न भएको छ ।

सामुदायिक बिधुतिकरण लामेदमार ट्रान्समिटर उपभोक्त समितिको अध्यक्ष चित्र बहादुर आलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, बिशेष अतिथिहरु निस्दी गा पा का प्रबक्ता तथा ६ नं वडा अध्यक्ष मेक बहादुर सुनारी र वडा नं ४ अध्यक्ष शन्तबिर सुनारी, अतिथिहरु नेकपा एमाले पार्टी प्रतिनिधि तथा जि।क।स। हेम बहादुर खाम्चा, नेपाली कंग्रेस पार्टी प्रतिनिधि तथा ४ नं वडा सभापति मीन बहादुर सुनारी लगायत विभिन्न समाजसेवीहरुको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सचालन स्थानीय वासिन्दा तथा जीवन ज्योती आ.मा. बिका शिक्षक खेम बहादुर सोतीले गर्नु भयो ।

धेरै समयको प्रतीक्षा र संघर्ष पछि राती अध्यारोमा गाउँ भएको नभएको पत्तै नहुने निस्दी ४ लामेदमार आज बिजुली बत्तिले उज्यालोमा हासेको छ भन्दै विगतमा बिजुली बत्तिको उज्यालो खोज्दै शहर मा बसाइँसराइ सारेर जानेहरु अब पक्कै पनि गाउँमै फर्केर आउने आधार भएको बताउनु भयो ।

धेरै लामो समयको पर्खाइ र उपभोक्तहरुको ठूलो संघर्ष पछि निस्दी ४ लामेदमार उज्यालोहुँदा सबै स्थानीय बासिन्दा मात्रै नभएर सबै अतिथिहरु हर्षित र उमंगित भएका थिए । अब भोलिका दिनमा बिद्धुतबाट के कस्तो काम हुन र गर्न सकिन्छ अब गाउँ गाउँ मा आउने प्रतिबद्धता गर्दै बिद्धुत को सदुपयोग गर्दा सजक भएर उपयोग गर्न सबै अतिथिहरुले अनुरोध गर्नु भयो ।


पहिला नै गरेको कल्पना आज पुरा भएको भन्दै सुरु गर्नु भएको मन्तव्यमा हामी धेरै लामो प्रतीक्षा र ठूलो संघर्ष पछि आज लामेदमारमा उज्यालो भएको छ र अब यस्तै गरि नै सबै निस्दी गा पा नै छिट्टै उज्यालो हुने प्रमुख अतिथि तथा निस्दी गा पा अध्यक्ष सारुले बताउनु भयो ।

आफ्नै पकेटको खर्च गरेर बिजुलीको काम गर्न कामदारलाई ल्याएर बिद्धुतको काम छिटो अगाडि बढाउन प्रत्येक जिल्ला बिद्धुत प्राधिकरण, प्रदेश र केन्द्रीय बिद्धुत प्राधिकरण सम्म दबाब दिदा आज लामेदमार मा काम सम्पन्न भएको सारुले बताउनु भयो । अब लामेदमारमा बिद्धुत, संचार लगायत बिद्धुतबाट गर्न सकिने र हुने सबै कुरा गा पा ले सकेको उपलब्ध गराउने प्रतिबद्ध सहित बिद्धुतको सदुपयोग गर्दा सचेत भइ उपयोग गर्न सारुले अनुरोध गर्नु भयो ।


लामेदमार बिद्धुत ट्रान्समिटर उपभोक्त समितिका अध्यक्ष आले ले उद्घाटन कार्यक्रम समापन गर्दै अबको दिन देखि हाम्रो अध्यारो ठाउँ उज्यालोले बाल्ने भए यहाँका विद्यार्थी साँझ अबेरसम्म र बिहान सबेरै उठेर पढ्न सकिने भन्दै स्थानीय उपभोक्तहरुलाइ आफ्नो छोराछोरीलाई बढाउन अनुरोध गर्नु भयो ।कार्यक्रमको स्वागत मन्तव्य लाल बाहदुर सोतिले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय