पुनाराम सुनारी भदौ २६( निस्दी गा पा पाल्पामा कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा कार्यसमिति सदस्य कमल भट्टराई को अध्यक्षतामा भएको नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको आयोजनामा पालिका स्तरिय परियोजना परिचयात्मक तथा समन्वय कार्यशाला कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, अतिथिहरुमा प्रशासकीय अधिकृत ध्रुव दयाल, निस्दी गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ, अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, निस्दी गा पा प्रत्येक वडाका वडा अध्यक्षहरु, प्रत्येक वडा स्वास्थ्य प्रमुख, निस्दी गा पा शिक्षा शाखा प्रमुख, नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा विभिन्न पदधिकारी लगायत गा पा कर्मचारीहरु रहनु भएको थियो ।


कोभिड खोप लगाउन बन्चित हुनुको कारण, समस्य र समस्याको समाधान उपाय खोज्न रेडक्रस निस्दी गा पामा पुगेको रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा वरिष्ठ कार्यकारी अधिकृत कार्कीले बताउनु भयो । निस्दी गा पा भित्र कोभिड खोप लगाउन छुटेका हरुलाइ खोप केन्द्र सम्म ल्याउन नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले के कस्तो सहयोग गर्न पर्छ सधै तत्पर रहने कार्कीले बताउनु भयो ।

कोभिड खोप निस्दी गा पा मा पुर्ण खोप घोषणा गर्न नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्लाले ठूलो भुमिका खेल्दै आएको र भावी दिनमा यसरी नै निस्दी को हरेक यस्तै प्रकोपहरुमा रेडक्रस को सहयोग यसरी नै मिल्ने आशाको मन्तव्य जनाउँदै निस्दी गा पा ले यस्तो समस्यका लागि के कस्तो भुमिका खेल्न पर्छ निस्दी गा पा तत्पर रहेको गा पा अध्यक्ष सारुले बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ले यस निस्दी गा पा प्रत्येक वडा भित्र गरेका कोभिड १९ सम्बन्धि कार्य गतिविधि र भावी योजना बारे प्रस्तुत भएको छ ।
निस्दी गा पा मा कोभिड १९ को अवस्था बारे प्रगति विवरण निस्दी गा पा स्वास्थ्य उप प्रमुख तथा कार्यक्रम संचालक अर्जुन रानाले गर्नु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय