पुनाराम सुनारी भदौ २६
सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रम निस्दी पाल्पामा सम्पन्न भएको छ ।

गा पा अध्यक्ष मुक्त बहादुर सारु को अध्यक्षतामा भएको गा पा स्तरीय दोस्रो सिकाइ आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रशासकीय अधिकृत ध्रुव दयाल, अतिथिहरुमा गा पा उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ र सुआहाराका कार्यकारी निर्देशक सलिकराम पाण्डे अतिथिहरुमा निस्दी गा पा प्रत्येक वडाका वडा अध्यक्षहरु र प्रत्येक वडा स्वस्थ प्रमुख, गा पा कर्मचारीहरु रहनु भएको थियो ।

 

सुआहारा एउटा संस्था मात्रै नभएर मानवलाई बचाउन ठूलो भुमिका खेल्ने र बिशेष निस्दि को स्वस्थ्य क्षेत्रलाई बिशेष जोड दिदै आएको संस्था हुदा सिंगो निस्दी गा पा आभारी रहेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनु भयो ।

मानिसको सबै भन्दा ठूलो सम्पत्ति स्वस्थ्य रहेको र उक्त स्वास्थ्य राख्न सुआहाराले निस्दिमा ठुलो भुमिका खेल्दै आएको बताउदै गर्भवती महिलाहरुको लागी भगवान कै रुप लिएर आएको गा पा अध्यक्ष सारुले बताउनु भयो ।

हामी खाने कुरा खान्छौ तर तरिकाले खान आउदैन अनि विभिन्न रोगहरु उब्जाएको हुन्छ यसरी खाने कुरा खानालाइसम्म सिकाइ दिने सुआहारा संस्थालाई गा पा ले के सम्म सहयोग गर्न सकिन्छ गा पा तयार रहेको अध्यक्ष सारुले बताउनु भयो ।

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण सुआहाराद्धारा संचालित कार्यक्रम निस्दी गा पा स्वास्थ्य उप प्रमुख अर्जन रानाले संचालन गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय