पुनाराम सुनारी भदौ ८ पाल्पा

 

पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ मित्यालमा अवस्थित गौरीशंकर मा वि स्कुल जाने गेट अगाडि नै क्यारम्वोर्ड खेली दिदा बिद्यार्थीको पढाइमा असर पुगेको भन्दै विद्यालयका शिक्षकहरुले गुनासो गर्नु भएको छ ।

निस्दी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, प्रशासन अधिकृत,शिक्षा समिति, जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा बिद्यार्थीहरु बिच गौरीशंकर मा वि मा ०७८ को एसईई नतिजा विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमका क्रममा शिक्षक तथा प्र.अले  उक्त गुनासो सुनाउनु भएको हो ।


पालिकाको सरोकारवाला निकायहरुसँगको छलफलकाक्रममा बिषयगत शिक्षकहरुले आ(आफ्नो ०७८ सालको एसईईको नतिजा प्रस्तुत तथा विश्लेषण गर्दै भावी योजना र तरिकासमेत प्रस्तुत गर्नु भएको थियो।

यसअघिको नतिजा जे जस्तो भए पनि अबको नतिजा सुधार गर्न हामी सिंगो बिधालय परिवार फरक तरिका बनाएर लागिपरेका छौँ बिधालयका प्रधानाध्यापक केश बहादुर सुनारीले भन्नु भयो । उहाँले त्यसरी लागिपर्दा बिद्यार्थीहरुलाइ पढ्न आउदा बिधालय वरिपरिको वातावरण उचित नभएको  गुनासो गर्नु भयो।

स्कुल छिर्ने गेट अगाडी नै पुरुष मात्रै नभएर महिला समेत क्यारेमबोर्ड खेलिदिँदा बिधालय आएका बिद्यार्थी त्यही बस्ने स्कुल न आउने समस्या र बिद्यार्थी नै खेलेर बसेको अवस्था भएको हुँदा त्यस्तो कार्य बन्द गर्न विद्यालयले बजार व्यवस्थापन तथा अभिभावक सँग अनुरोध समेत गरेको छ । ।

विद्यार्थीलाई अत्याधिक पास गराउन गाउँपालिकाले के कस्तो भुमिका खेल्न तथा के कस्तो सहयोग गर्न पर्छ त्यसका निम्ती निस्दी गा पा तत्पर रहेको निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भयो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय