पुनाराम सुनारी
गाउँ कमिटी स्तरीय वृहत् राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम निस्दि पाल्पामा सम्पन्न भएको छ ।

 

नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको आयोजनामा भएको कार्यक्रममा पार्टीलाई चुस्त, दुरुस्त, एकता बलियो र मजबुत बनाउन सञ्चालित कार्यक्रम निस्दी गाउँ कमिटी अध्यक्ष नर बहादुर सुनारिको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सह इन्चार्ज तथा पोलिटव्युरो सदस्य दल बहादुर राना, विशेष अतिथि प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, अतिथिहरुमा जनवर्गीय संगठनका जिल्ला र सो भन्दा माथीका कमिटीका सदस्यहरु, गाउँ कमिटी देखि सबै वडा बाट पदाधिकारी तथा जनप्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

अबको चुनावमा जनतामारा सरकार हटाउन जरुरी रहेको र नेकपा एमाले नै देशलाई आवश्यक परेको प्रमुख अतिथि रानाले बताउनु भयो । देश एमालेमय बनाउन निस्दी पनि बलियो खम्बाको रुपमा रहेको र अझै मजबुत हुन रानाले अनुरोध गर्नु भयो ।

कार्यक्रममा देविलाल लामिछाने, शिव अर्याल, राजु प्रसाद श्रेष्ठ, बुद्दी राज गौतम, मुक्त बहादुर सारु, टंकनाथ खनाल, युवराज खनाल, नारायण प्रसाद आचार्य लगायतले मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालन मेख बहादुर सुनारिले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय