तपाईलाई पारिवारि वातावरणमा, परिवार, साथीभाइ सहित खाना तथा खाजा खाने विचारमा हुनुन्छ ? कहाँ कुन रेष्टुरेन्टमा जाने भनी सोच्दै हुनुन्छ भने अब सोच्न पर्दैन काठमाडौको मुटु नक्साल, भगवतीवाहालमा त्यस्तै वातावरण भएको लिसरा रेस्टुरेन्ट तथा थकाली किचन संचालनमा आएको छ ।

हिजो भाद्र ६ गते देखी औपचारीक रुपमा शुरुभएको लिसरा रेस्टुरेन्टमा शुद्ध नेपाली खाना, ईन्डीयन खाना, एसीएन तथा कन्टिनेन्टल खाना सहित थरीथरी परिकारको मज्जा लिन सकिन्छ ।

पारिवारिक माहोलमा, घरकै स्वादमा खाना खान पाइने सञ्चालक निल सारु मगरले बताउनु भयो ।
ग्राहकको सन्तुष्टि नै आफुहरुको पहिलो रोजाइ भएकोले सकेसम्म बेष्ट दिने सञ्चालक सारुले जानकारी दिनुभयो । रेष्टुरेन्टको स्वाद चाखिसके पछि ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया आइराखेको हुँदा आफुहरु उत्साहित रहेको रेस्टुरेन्टका म्यानेजर बच्छु चौलागाईले बताउनु भयो ।

१०० भन्दा बढी गाडी तथा वाईकको पार्किंग सुविधा समेत रहेको उक्त रेष्टुरेन्टले सोही ठाउँमा पार्टी प्यालेस पनि सञ्चालनमा ल्याएको छ ।

भदौ ६ गतेदेखि १२ गते सम्म ओपनिङ सेसन चलिरहेको हुँदा रेष्टुरेन्टले टोटल विलमा २५ प्रतिशत डिस्काउन्ट र ह्वीस्कीमा डबल अफर समेत दिइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय