रामपुर नगरपालिका वडानम्बर ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको उद्घाटन गर्नु हुँँदै पूर्व भुमीसुधार मन्त्री एवं प्रतिनिधिसभा सदस्य दल बहादुर रानाले शहिदहरुको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकिय स्थलको विकास मा टेवा पु¥याउने बताउनु भएको छ ।

उहाँले यस्ता पार्कहरुको निर्माणबाट वातावरणीय तथा पर्यावरणीय संरक्षणमा समेत महत्वपूर्ण योग्दान हुने भन्दै पार्कहरुको निर्माणमा ध्यानदिनु पर्ने बताउनु भयो ।उहाँले शहिदहरुको सम्झना गर्दै पार्कलाई व्यवस्थित बनाउन अन्य संरचना पनि थप गर्नु पर्ने कुरामा जोड दिनु भयो

सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सवडिभिजन बन कार्यालयको व्यवस्थापनमा उक्त पार्क निर्माण भएको हो । उहाँले आफूले सोचेभन्दा फरक तरिकाबाट पार्क निर्माण भएकोमा खुशी व्यक्त गर्दै डिभिजन वन कार्यालय पाल्पालाई धन्यवाद समेत दिनु भयो ।

कार्यक्रममा डिभिजन बन कार्यालय पाल्पाका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनको संरक्षणसँगै बनक्षेत्रको सौद्धर्यले पनि पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिनुभएको थियो । सामुदायिक बनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी समेत लिन सकिने उहाँले बताउनुभयो ।

१४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानियको १ लाख ४५ हजार जनश्रमदान गरि करिब १५ लाख ८७ हजार रुपैया लागतमा उक्त पार्क निर्माण भएको हो । शहिद स्मृति पार्क निर्माण समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, रामपुर नगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष दामोदर पाठक लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी पाहुनालाई स्थानियले पन्चेबाजाले स्वागत गरेका थिए ।
यमकान्ती पराजुलीको स्वागतबाट शुरु भएको कार्र्यक्रमको संचालन सचिव लोकनाथ भट्टराईले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय