पुनाराम सुनारी पाल्पा
( २०७८ सालको एसईई परिक्षाको नतिजामा पास हुने बिद्यार्थीको संख्या शुन्यमा आउनै लागे पछि निस्दी गाउँपालिकाले विद्यालयमा पुगेर सरोकारवालाहरुसँग छलफल सुरुवात गरेको छ ।

एसईई नतिजा संतोषजनक नहुनुको कारण बिशेष कमजोरी बुझ्न र अधिकतम पास संख्या बढाउन शिक्षक, बिद्यार्थी, अभिभावक र पालिकाले के कस्तो भुमिका खेल्न आवश्यक छ एसईई परिक्षाको नतिजा विश्लेषण र कमजोरी पत्ता लगाउन पालिकाले प्रत्येक मा।वि स्कुलमा अनुगमन गरेको हो ।


धेरै जस्तो स्कुलमा पुग्दा कोभिड लाई नै दोष दिएर शिक्षक शिक्षिकाहरु पन्छिन खोजेको पाइएको छ ।
कत्ति स्कुलहरुमा भने बिद्यार्थीले गृहकार्य नगर्ने, भनेको नमान्ने, आवस्यक सामाग्री नलिने जस्ता समस्यहरु देखिएको छ ।

बिद्यार्थीलाई सफल बिद्यार्थी बनाउन बिशेष गरी शिक्षकहरुको नै ठुलो भुमिका रहने भएको हुँदा अब शिक्षकहरुले वाहाना गरेर पन्छिन नपाइने भन्दै गा पाले अबको परिक्षाको नतिजा कत्ति सम्म बिद्यार्थीहरु पास गर्न सकिन्छ सबै बिषयगत शिक्षकहरुलाइ पास संख्याको लक्ष्यको फर्म भरी फेरि अबको परिक्षा अनुसार मेल हुने नहुने निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नतिजा अत्यन्तै बिग्रेको हुदा फेरि नतिजा यसरी नै आयो भने शिक्षक हेरफेर हुने चेतावनी समेत  पालिकाले दिएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय