एमाले पार्टीबाट राजीनामा दिएर दलविहीन बनेका राष्ट्रिय सभाका सांसद वामदेव गौतम मंसिर ४ मा हुने निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०को चुनाव चिन्ह लिएर निर्वाचन लड्ने भएका छन्।

त्यसका लागि माओवादी केन्द्रको स्थायी कमिटीले स्वीकृतिसमेत दिएको छ।

‘उहाँका केही शर्तहरू छन्। त्यसबारे हामी छलफल गर्छौं। यसबारे गठबन्धनमा पनि छलफल हुन्छ,’ स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने,‘अब बाबुरामजीसँगै वामदेव गौतमले पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्नुहुन्छ।’
गौतमले २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट हारेका थिए।

एमाले(माओवादी गठबन्धनबाट उम्मेदवार बन्दासमेत पराजित भएपछि गौतमले फेरि सांसद बन्न कोशिश गरेका थिए। उनले डोल्पाबाट निर्वाचन लड्न प्रयास गरेका थिए। तर डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले राजीनामा दिन नमानेपछि उनी पछि हटेका थिए। उनले काठमाडौं(७ मा समेत आँखा लगाएका थिए। यो क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि राजीनामा दिन तयार भएका थिए। गौतमको त्यो प्रयास पनि सफल भएन। उनले यस्ता प्रयास दर्जनौं क्षेत्रमा गरेका थिए। आफ्ना सबै प्रयास असफल भएपछि गौतम राष्ट्रिय सभामा सदस्य बने।

त्यसका लागि उनले तत्कालीन नेकपाको सचिवालयका बहुमत नेताहरूलाई आफ्नो पक्षमा पारेका थिए। गौतमसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ एक ठाउँमा उभिएका थिए। बहुमत सचिवालय सदस्यकै दबाबमा तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गौतमलाई राष्ट्रिय सभामा पठाउन तयार भएका थिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभा सदस्य नियुक्त गरिन्। २०७७ असोज १ मा उनले राष्ट्रिय सभा सदस्यको सपथ लिए।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि एमाले र माओवादी अलग भए।
नेकपा विघटन भएपछि गौतम एमालेमा खासै सक्रिय भएनन्। उनी ओलीले बोलाएका कतिपय बैठकमा भने गएका थिए। नेकपा एमालेको विधानले ७० वर्षे प्रावधान नहटाउने भएपछि उनले एमाले परित्यागको घोषणा गरेका हुन्। पार्टीको कुनै न कुनै पदमा रहेर सक्रिय हुन चाहने गौतमलाई विधानले नै निष्क्रिय बनाइदिने भएपछि उनी अलग भएका थिए। त्यसपछि भने उनी कुनै पार्टीमा लागेका थिएनन्। गत असारमा उनले नेकपा राष्ट्रिय एकता पार्टी गठन गरे। त्यसका नाममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतलाई भेटेका थिए। उनले सोचेजस्तो परिस्थिति भएन। गौतमकै पहलमा नेकपाकालीन बहुमत सचिवालय सदस्यहरूको बैठक भयो। बैठकमा गौतमसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय