पुनाराम सुनारी श्रवण २५

पाल्पा निस्दी ४ मित्याल भिरपानी मा लामो पर्खाइ पछि ६३ घरमा सामुदायिक बिद्धुतले झिलिमिली भएको छ । लालिगुरस सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संसद युवराज खनालको प्रमुख अतिथि र निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारुको बिशिस्ट अतिथि रहेको उदघाटन कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका व्यक्तित्व, बुद्दिजिबी, समाजसेविहरु अतिथि रहनु भएको थियो ।

भौगोलिकताले ठगिएको ठाउँ बिकासको गति यसै त ढिलो हुने त्यसमा निस्दी सामुदायिक बिद्धुतको ठेकेदारले ठगिए, निस्दीलाई उज्यालो बनाउन जिल्ला बिद्धुत प्राधिकरण,प्रदेश बिद्धुत प्राधिकरण, केन्द्रिय प्राधिकरण लगायत ठेकेदार लाई कि त ठेक्का रद्ध कि त काम छिटो र निरन्तरलाई सम्झौता पछि ठूलो संघर्षले भिरपानीमा अध्यारोलाई हटाउन सफल भएको अध्यक्ष सारुले बताउनु भयो । यस पछि बेसि बेल्ट दुनिदमार, मुढाबास, लामेदमार भोलि देखि नै काम हुने जानकारी गराउदै उहाँले ठेकेदारका कामदारहरुलाइ छिटो र सुरक्षीत तरिकाले काम गर्न टोलिलाई सारुले आग्रह गर्नु भयो ।

खानेपानी, बिद्धुत,स्वस्थ्य, शिक्षा, यातायात लगायत निस्दीको हरेक पुर्वधार बिकासका निम्ति प्रदेश सरकार सधै तत्पर रहेको प्रदेश संसद खनालले बताउनु भयो । प्रत्येक नाका जोड्ने नदि लगायत निस्दी भित्र को नदि हरुमा यातायात आवातजावतका लागि पक्की पुलहरुको निमार्ण, ठाउँ ठाउमा खानेपानी समस्या समाधान गर्दै आइरहेको र निस्दी लाई उज्यालो बनाउन प्रदेश सरकार लागी परेको खनालले बताउनु भयो ।

 

उज्यालो निस्दी अभियान लिएर लालिगुरस सहकारी संस्थाको स्थापन भएको र कोष अध्यक्ष हुँदै अहिले जिम्मेवारी अध्यक्ष पदमा काम गर्दै आएको लालिगुरस सहकारी संस्थाका अध्यक्ष सोमैले बताउनु भयो । अब बिद्धुतको काम छिटो र निरन्तर हुने जानकारी गर्दै उज्यालो निस्दी अब हामी नजिकै रहेको उहाँले बताउनु भयो ।
६३ घरधुरी भएको भिरपानी गाउँ राती अध्यरोमा गाउँ भएको नभएको पत्तै नहुने गाउँ अहिले बिजुली ले झिलिमिली देख्दा गाउँ नै हाँसेको देखिन्छ । हिजो मोबाइल चार्ज गर्न सम्म घामको पर्खाइमा बस्न पर्ने यो गाउँ, घर घरमा टिभी, स्पिकार, बज्न थालेको छ, हिजो बिदेशमा फोन गर्न नेट्वोर्क कहाँ छ भनेर कुना कुनामा नेटवर्क खोज्दै हेडेको महिला आज घरमै बसेर भिडियो फोनमा कुरा गरेकी छिन् , आज यो बर्खे झरीमा पनि दसैं आएको महसुस हाम्रो गाउलेलाई भएको समाजसेवी भुवन थापा लगायत भिरपानी वासिन्दाहरुले बताउनु भयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय