काठमाडौंका उपत्यकाका नदी किनारमा अविरल वर्षा सँगै आएको बाढीले बस्ती डुवानमा पारेको छ । काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला किनारमा भएकोसुकुम्वासी बस्तीमा हिजो साझ बाढी पसेको छ ।

बाढीले टहरामा भएका घरायसी सामग्री बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । बाढीले मानवीय क्षति गरेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय