२०५२ सालमा धादिङको धुनवेशी कार्तिके मा जन्मिएका सन्तोष लामिछाने अखिल क्रान्तिकारीका एक होनाहार युवा  नेता हुन्   जनमैत्री कलेज कुलेश्वरमा क्रान्तिकारी अध्यक्षसमेत रहेका उनी नेपाली विद्यार्थी आन्दोलनका एक हस्ती पनि हुन्  सरल,सहयोगी हाक्की स्वभाव उनको विशेषता हो  विद्यार्थी राजनीति सँगै आफनो व्यवसायमा पनिसक्रिय उनी भावी पार्टी नेतृत्वको एक सम्भाव्य नेताको रुपमा चित्रित छन्    प्रस्तुत  उनै लामिछानेसँग  न्युज  नेपालका प्रधानसम्पादक कुशल अर्यालले  समसामयिकविषयमा गर्नु भएको कुराकानी जस्ताको तस्तै

१ तपाई बिद्यार्थी राजनीतिमा आउनु भएको कति समय भयो ?

म औपचारिक रुपमा बि.स. २ ० ६ ७ सालमा श्री महाङ्कालेश्वरी माबि धादिंग जीवनपुर स्कुल कमिटिको अखिल क्रान्तिकारीको अधक्ष्य नै मेरो राजनीति जीवन को सुरुवात थियो | ६ बर्षको समयबधिमा आज म बिद्यार्थी राजनीतिको काठमान्डू क्याम्पस जिल्ला सदस्य र जनमैत्री बहुमुखी क्याम्पस कुलेस्वरको अध्यक्ष को रुपमा नेतृत्त्व गरि रहेको छु |

 बिद्यार्थी राजनीति बाहेक तपाइको भूगोलमा राजनैतिक क्रियाकलाप कस्तो छ ?

-बिद्यार्थी राजनीति संगै मैले भौगोलिक राजनीतिलाइ पनि महत्त्वका साथ अगि बढाइ राखेको छु | अध्ययनरत युवाहरु बिद्यार्थी राजनीतिमा आउने तर क्याम्पस हातामा मात्र अल्झने, शैक्षिक  मुदा लाइ मात्र प्राथमिकता दिने गरेका छन् | जस कारण पढे लेखेका युवाहरु भूगोल संग कमै मात्रामा सम्पर्क हुने मैले पाएको छु | हुन त हाम्रो पार्टीको फरक फरक मोर्चा छन तर पनि चेतनशील बिद्यार्थी नेताहरु भूगोलमा जोडिनु पर्छ जसले संगठन थप गतिशील बन्न पुग्छ | यसैको प्रयाश स्वरूप म ने.क.पा माओबादि केन्द्र धादिंग धुनी बेसी नगरपालिका वार्ड नम्बर ३ को सचिब भएर पार्टी र जनताको लागि खटिरहेको छु |

३ अहिलेको बाम एकतालाई कसरि  हेर्नु भएको छ ?

अहिलेको बाम एकता आवश्यकता र बाध्यता बीच आएको महत्त्वपूर्ण धुर्बिकरण हो | हामि युवा हरुको लागि स्वर्णिम अवसर पनि हो | लामो समय देखि एकताको बिषयमा छलफल र चरण बद्ध बार्ता मात्र भएका थिए तर सार्थकता भने पाएको थिएन | पछिलो समय नेपाली राजनीतिलाई सकारात्मक रुपमा तरंगित पार्दै नेपालका प्रमुख कम्युनिस्ट शक्तिहरु एक ठाउँमा आएर रुपान्तरण सहितको कम्युनिस्ट पार्टी बनाउने साझा सहमतिमा पुगे | बाम एकताले युवालाइ थप उत्साहित पारेको  मैले अनुभव गरेको छु | टुटफुटबादबिबाद र आफ्नै स्वार्थमा अल्झिएका कम्युनिष्ट पार्टीहरुको फाइदा प्रतिक्रियाबादी तथा दक्षिणपन्थीलाइ हुन पुग्यो | जसको परिणाम स्वरूप देशले स्वाधीनता, राष्ट्रियता र सार्बभौमिकताको गतिलो शास फेर्न पाएन | देश कुनै न कुनै शक्ति केन्द्रको रिमोट निशाना बन्यो | यी सबै नकारात्मक अवस्थालाई पाखा लगाउन समृदि र बिकाश अनि सामाजिक न्याए सहितको समाजवादको लक्ष्यमा पुग्न इमान्दारिताका साथ जुन प्रकारको बाम गठबन्धन तथा तालमेल देखिन्छ यो औचित्य पूर्ण र लक्ष्य केन्द्रित छ |

 ४ नेपालमा अहिले भएको कम्युनिस्ट एकता के दिगो हुन सक्ला?

– कम्युनिष्ट पार्टीहरुको एकता आजको महत्त्वपूर्ण आवश्यकता हो | रुपान्तरित कम्युनिष्ट पार्टी र समाजबाद आजको आवश्यकता हो | राष्ट्रिय स्वाधिनता र भ्रस्टाचार मुक्त समाज आजको अपरिहार्य बिषय हो | यदि यो एकतालाई पदपैसा र प्रतिष्ठा अनि स्वार्थमा लाभ प्राप्त गर्न खोजियो भने बाम एकताको पक्षमा  भएको गठबन्धन र धुर्बिकरण कागजी सहमतिमा मात्र सिमित हुन पुग्दछ | कम्युनिष्ट एकता दिगो हुन सक्ने अर्को कुरा के हो भने यो एकता कसैको बिरुद्ध हतार र दबाबमा ,आएको होइन, यो ठुलो छलफल, अन्तरक्रिया, बहस र आवश्यकता बीच आएको निष्कर्ष हो | यो त नेपाली सर्बहारा बर्गको जनमत र जनादेशको उच्च सम्मान हो | कम्युनिष्ट सिदान्त बोकेका जनताहरु एउटै  कम्युनिष्ट पार्टी देख्न चाहन्थे तर लामो समय देखि त्यस्तो हुन सकेन | जनता आजित बन्दै गए र परिणाम स्वरूप देशको स्वाधीनता, राष्ट्रियता र स्वतन्त्रता माथि प्रत्रिकृयाबादी, दलाली, दक्षिणपन्थीको  निशाना बन्यो | यो परिस्थिति बाट देशलाई बचाउन र संबिधान कार्यानयन  सहित अगि बढ्न कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएर अगि बढ्ने सहमति गरेका छन | जुन यसलाई इमान्दारिता पुर्बक बैमानी नगरिकन सामाजिक न्याएबिकाश र सम्बृदिको बाटोमा समाजबाद लागु गर्न रणनैतिक र कार्यनैतिक योजना सहित अगि बढे भने कम्युनिष्ट पार्टीको एकता सम्भव छ र यो दिगो पनि हुन्छ तर ब्यवाहारिक र बैचारिक तथा सैदान्तिक पक्षलाई भने बलियो बनाउनु पर्दछ ,जसको अभाव मा पुन टुटफुट ब्यहोर्न नपरोस  | एकतालाई दिगो र सफल बनाउन हाम्रो अभियान जारि रहन्छ |

५ तपाई त युवा ब्यबसायी पनि हुनु हुनुहुन्छ,राजिनिती र ब्यबसायको लागि कसरी समय म्यानेज गर्दै हुनुहुन्छ ?

म आफ्नै सानो ब्यबसायमा पनि सामेल छु | समयको बदलिदो ब्यबसायिक वातावरण र गतिशील राजनैतिक बिकासलाई उपयोग गर्दै आफु परिपक्क बन्नु मेरो लागि महत्वापूर्ण छ | व्यवस्थित ब्यबसाय बिना राजनीति गर्दा आउने आर्थिक तथा सामाजिक समस्यालाइ हल गर्न पनि मैले प्राथमिकताका साथ् राजनीति र ब्यबसाय अगि बढाउनु पर्यो | ब्यबसाय संगै सामाजिक उत्तरदायित्त्व बहन गर्दा राजनैतिक बिकाश संग – संगै हुने अनुभव गरेको छु | आवश्यकता अनुसार ब्यबसाय र राजनीति अगि बढी रहेका छन | जस बाट म आत्मनिर्भर बन्ने कोसिश गर्दै छु |

६ धेरै युवाहरु बिदेशिनु पर्ने बाध्यता यसलाई नेपालमानै रोजगारी सिर्जना गरि देश बिकाश लगाउन सकिदैन ?

हाम्रो देशको प्रमुख समस्या भनेको युवा जनशक्ति पलायन रहरमा बिदेशिनु पर्ने युवा आज बाध्यता बिदेशिनु परेको छ |नेपालको राजनैतिक अस्थिरता यसको मूल जड हो | सकारात्मक सोच को अभाब  अर्को समस्या हो | नेपालमा बिकासको प्रसस्त सम्भावना छन् | तिनको बिकाश ब्यबस्थापन तालमेल नमिल्दा युवा पलायन बढ्दो क्रममा छ | अर्को कुरा युवा जमात नेपालमै एक हजार कमाएर, माटो को मालिक बन्नु भन्दा लाखौ कमाएर प्रदेशको नोकरी बनेको अवस्था छ | यो युवाको बाध्यता हो र बाध्यता मात्र नभई राजनैतिक अस्थिरताको परिणाम पनि हो | राजनीति देशको ब्रेन (दिमाग) हो भने युवा देशको इन्जिन हो |ब्रेनमा गडबढी हुदा इन्जिन स्व्भाभैले कार्य बिमुख हुन पुग्छ | विदेश पलायन समस्याको हल भनेको उचित राजनैतिक स्थिरता र ब्यबसायीक वातवरणको निर्माण हुन सक्छ | युवा सहभागिता मुलक बिकाश आजको आवश्यकता हो | अब देश बिस्तारै राजनीतिक स्थिरता तिर अगि बढेको छ | संबिधानको कार्यनयन, स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि देश नया शिराबाट अगि बढ्छ || संग – संगै देशमा फुट्ने बिकास  र निकाशको मुहानले पक्कै पनि पलायन युवा शक्ति नेपाल आउन तयार हुन्छन | जस बाट देशको ब्रेन र इन्जिन बिकाशमा अगि बढ्न सक्छ | जसको पछिलो सुरुवाती चरण भनेको बाम एकता धुर्बिकरण हो |

७ अन्त्यमा के भन्नु हुन्छ ?

हामी अवसर र चुनौतिको बाटोमा छौ | देश संबिधान कार्यानयान र चुनावी माहोल तिर अगि बढी रहदा, राजनैतिक स्थिरताको अनुभव आम नेपाली जनताले गर्दै छन् | सामाजिक न्याय, भ्रष्टाचार मुक्त समाज, स्वतन्त्र , स्वाधीनता, राष्ट्रियता र बाम एकता सहित समाजवाद निर्माणको विकल्प छैन | हामी एकता र सम्रिदिको नारा बोकेर जनताको झुपडी सम्म जानुको विकल्प छैन | अबको चुनावमा तपाई – हामी परिवर्तन र अग्रगामी सोच बोकेका आम नेपालीहरु बाम एकताको पक्षमा मतदान गर्नुको कुनै विकल्प छैन र बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजय गराउनु हुन हार्दिक अपिल गर्दछु |

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय