फ्रान्सको पेरिस शहर स्थित पँता शहरमा गोरखाली समाज फ्रान्सले आफ्नो महाधिवेशन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फ्रान्समा भएकाबिभिन्न नेपाली सँघ संस्थासंग सहकार्य गर्दै आइरहेको यो समाजले जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्दै बिभिन्नकिसिमका आर्थिक सहयोग गर्दै आएको पनि छ ।

कार्यक्रममा नेपाली राजदुत दिपक अधिकरीको प्रमुख अतिथित्यता रहेको थियो ।कार्यक्रममा फ्रान्सका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाकाअध्यक्ष सुरेन्द्र काप्रीले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन महासचिब राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम स्थालको वरपर र दोबाटोमा नेपाली ध्वजा, झन्डा, ब्यानरले सजाइएको थियो । भने नेपाली संगितका बाजागाजा धुन, नृत्य पनि देखाइएको थियो ।

कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाको कृयाकलापको प्रतिबेदन पेश गर्नुभयो भने, कोशाध्यक्ष श्रीमती नानु देबकोटाले आर्थिक प्रतिबेदन पढेर सुनाउनुभयो।

निर्वाचन उपसमितिका संयोजक,अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सहमतिय निर्वाचन बाट १७ सदस्यिय कार्यसमिति चयनभएको घोषणा गर्नुभयो। नामावली समेत प्रकाशन गरी एकाअपसमा परिचयात्मक कार्यक्रम गर्नुभएको थियो र नबनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो।

कार्यक्रममा समाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्व अध्यक्ष शुकबहादुर गुरुङ तथा अर्का सल्हाकार, एन आर एन एफ्रान्स का पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्यालले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गर्नुभयो।साथै बिगतका कार्यसमितिले गरेका ऐतिहासिक कामको उच्च प्रसंसा गर्नुभयो।

नब निर्बाचित कार्यसमिति नामावली यस प्रकार रहेको छ ।

१ अध्यक्ष रामेश्वर श्रेष्ठ

२ महिला उपाध्यक्ष नानु देबकोटा

३ उपाध्यक्ष्य सुजनराज भट्ट

४ महासचिब धनकुमारी घले

५ सचिब रंजित भट्ट

६ कोषाध्यक्ष्य कुल तामांङ

७ सह कोषाध्यक्ष्य बार्ता कुमारी गुरुङ

सदस्यहरु

रबिना सिम्खडा

सन्जिब देबकोटा

होम बहादुर थापा अर्जुन थापा

सुदिप दवाडी

सुजन बानिया

जीवन आले मगर

मन कुमारी घले

मिक्का गुरुङ मुक्ति

बिर बहादुर गुरुङ

सम्झना भट्ट

नब निर्वाचित समितिका पदाधिकारी हरुलाई राजदुत र निर्वाचन उपसमितिका संयोजक हरिहर अर्यालले प्रमाण पत्र प्रदान गर्नु भएको थियो। यसै क्रममा राजदुत दिपक अधिकारीले गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्तिको लागि र नबनिर्बाचित अध्यक्ष श्री रामेस्वर श्रेष्ठ लगयत कार्यसमितिका सम्पुर्ण महानुभावहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो। यसै क्रममा नबनिर्वाचित अध्यक्ष श्री रामेश्वर श्रेष्ठले साथीहरुको ठुलो बिस्वास र भरोसाले आफुलाई अध्यक्ष जस्तो गरिमामय पदमानिर्वाचित गर्नुभएकोमा सबैलाई कृतज्ञता प्रकट गर्दै गोरखाली समाजको उदेश्य प्राप्तिका लागि दीलो ज्यानले काम गर्ने प्रतिबद्द्ता समेत जाहेर गर्नुभयो।

कार्यक्रममा गैर आबासीय नेपाली संघका बरिस्ठ उपाध्यक्ष शिबराम भण्डारी , पाकोफोन फ्रान्सका कोशाध्यक्ष बिरु खड्का, सास्कृतिक गृहका अध्यक्ष्य सुरज श्रेष्ठ , उपाध्यक्ष हेमन्त उपाध्याय, इनास फ्रान्सका अध्यक्ष प्रबिन सापकोटा , बरिस्ठ उपध्यक्ष्यजगत खड्का, क्ष्ल्ब्ीऋइ का नेपाली प्राध्यापक डा । राजेश खतिवडा, जनसम्पर्क समितिका पुर्व महामन्त्री कमल बिक्रम केसी, तमाङँ गेदुङ फ्रान्सका सल्लाहकार कुल ब तमाङ्ँ, मोना फ्रान्स योगेश पुन, एकताका लगायत धेरै समाजसेबी महानुभावहरुको उपस्थिति रहेको थियो। सभाका सभापति सुरेन्द्र काप्रीले नबनिर्वाचित कार्यसमिति का सम्पुर्ण साथीहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना ब्यक्तगर्नुभयो। यसका साथै यो साधारणसभा तथा बनभोज कार्यक्रम तयारी गर्न अहोरात्र खटेर लाग्ने साथीहरु, परिवारजनहरु र बिशेष स्वयमसेबकको रुपमा सहयोग गर्ने सुभद्रा श्रेष्ठ , ज्योति अर्याल , अस्मिता श्रेस्ठ, सुस्मिता तमाङ ,सुजिता श्रेष्ठ लाई धन्यवाद दिइएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय