फागुन १६, काठमाडौँ ।
गुल्मेली समाज जापानद्वारा मृगौलामा समस्या भएका विरामीहरुको लागी सहयोग रकम हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका विच सञ्चारग्राम तिलगंगा काठमाडौँमा समाजले संकलन गरी पठाएको रकम गुल्मेली सहयोगी हातहरु नामक संस्थाका पदाधिकारीहरुमार्फत विरामीका आफ्न्तलाई हस्तान्तरण गरीएको हो ।


मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ, सोही नगरपालिकाका विष्णु थापा, इस्मा गाउँपालिकाका कुलबहादुर कुमाल र सोही गाउँपालिकाका मधु खत्री र चन्द्रकोट गाउँपालिका ७ का रेशम पौड्याललाई जनही ५० हजारका दरले रु। २ लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।


समाजद्वारा सहयोग रकम हस्तान्तरण गर्नु हुँदै गुल्मेली सहयोगी हातहरुका उपाध्यक्ष विमल घिमिरेले मानिसको शरीर कहाँ कहिले के हुन्छ भन्ने भर नभएको भन्दै उहाँले जहाँ जसलाई जतिबेलापनि समस्या पर्न सक्ने बताउनु भयो ।


उपााध्यक्ष घिमिरेले कोभिड –१९ देखि विभिन्न प्राकृतिक प्रकोपका बेला विदेशमा रहनु भएका गुल्मेली दाजुभाईहरुले छाती फुलाएर सहयोग गर्नु भएको स्मरण गर्दै अहिले पनि आफ्ना जिल्लाबासीहरु समस्यामा पर्दा साथ सहयोग दिएकोमा समाजलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
विरामीको आफन्तहरुको तर्फबाट बोल्नु हुँदै रुद्र पौडेलले अफ्ठेरोको बेला समाजले गरेको सहयोग प्रति खुशी व्यक्त गर्नु भयो ।


त्यस्तै गरी समाजको कार्यक्रम संयोजनकर्ता एवं प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले विरामीहरुको शीघ्रस्वास्थ्यलाभको कामना गर्नु हुँदै कार्यक्रम संयोजन र सहयोग गर्ने अवसर जुराइदिएकोमा गुल्मेली समाज जापानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।


कार्यक्रममा गुल्मेली सहयोगी हातहरुका सचिव रमेश काउछा मगर, सदस्य एवं युवा नेता शुशिल भट्टराई, प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय