
नेकपा एमाले रामपुर नगरपालिका सम्पर्क मञ्च भेला काठमाडौँको नक्साल स्थित लिसरा पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्नुहुँदै संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले गाउँ गाउँमा विकास निर्माणका कार्य गर्ने पार्टी भएकाले आम जनताको मन मस्तिष्कमा नेकपा एमालेले बास गरेको बताउनु भयो ।

उहाँले एमाले सरकारको पालामा सुरुङमार्ग देखि लोकप्रिय जनस्तरका कार्यहरु भएको भन्दै विकास निर्माणका निम्ती नेकपा एमालेको सरकार नै चाइने रहेछ भन्ने आभास आम जनतामाझ भएको जिकिर गर्दै गाउँ गाउँमा एमाले प्रवेशको लहर चलेको बताउनु भयो ।
भेलालाई संवोधन गर्नु हुँदै पाल्पा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष निल सारुले स्थानिय निकायको चुनाब संघारमै आइ सकेको हुँदा रामपुर नगरपालिका जित्नेगरी तयारीमा लाग्न अनुरोध गर्नु भयो । उहाँले अब पार्टीका अभियानहरु सुरु भइसकेको हुँदा सक्रियता पूर्वक लाग्न समेत आग्रह गर्नु भयो ।

त्यस्तैगरी निवर्तमान सम्पर्क समन्वय समिति सदस्य एवं युवा नेता रामचन्द्र भण्डारीले जब सम्म स्थानिय निकायको चुनाव जित्न सकिदैन तब सम्म समानुपातिक विकास हुन नसक्ने जिकिर गर्दै । आजको भेलाले नेकपाएमालेको जगलाई बलियो बनाउन सघाउ पु¥याउने समेत बताउनु भयो ।
युवासंघ नेपालका सचिवालय सदस्य एवं युवा नेता हरी भण्डारीले जिल्ला तथा भुगोलसँग जोड्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरीएको र यसले स्थानिय निकायको चुनावमा बलियो प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा १९ सदस्यीय रामपुर नगरपालिका सम्पर्क कमिटी समेत गठन गरिएको छ । जसको अध्यक्षमा विज्ञान पराजुली उपाध्यक्षमा दिपेन्द्र भण्डारी सचिवमा विहानी पंगेनी, उपसचिवद्धोय संजिव कंडेल, र सुन्दर घिमिरे चयन हुनु भएको छ । युवासंघ सचिवालय सदस्य एवं युवा नेता हरी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन अनेरास्ववियु सचिवालय सदस्य शंकर गौतमले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य युवा नेता एवं अधिवक्ता राजाराम घिमिरेले गर्नु भएको थियो ।