कन्चनपुर:- ने.क.पा एकिकृत समाजबादी शुक्लाफाटा नगरको प्रथम सम्मेलन सर्बसम्मतिबाट नेतृत्व चयन गरिएको छ।

नगर कमिटी अध्यक्षमा हरिष विष्ट लगायत उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल महरा, सचिव प्रेम बहादुर सुनार, उप सचिव त्रय लक्ष्मी राना, मनोज साउद, टिकाराम तिवारी र कार्यालय सचिवमा दिर्घराज रेग्मी सहित 101 सदश्यिय कमिटी गठन गरिएको छ ।

शुक्लाफाटा नगरपालिका एकिकृत समाजबादी वडा न.7 का वडा कमिटी अध्यक्ष रधु जोशीले भन्नुभयो-“हामिले सबल, सुदृढ र गतिशिल पार्टी बनाउन, गर्बिलो इतिहासको रक्षा गर्न, बर्तमानलाइ गतिशिल बनाउन र स्वभिमान सहितको सुनौलो भविस्य निर्माण गर्न सक्ने क्षमता भएको कमिटी गठन गरेका छौ ।”

नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य राम कुमार ज्ञवाली, स्थानीय कमिटि सदस्य उर्वादत्त पन्त जिल्ला सचिव हरक सिह धामी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्तै कभिड 19 को संक्रमणबाट हुने जोखिमलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरी कार्यक्रम सन्चालन गरिएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय