पाल्पा – पाल्पाको निस्दीमा मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । गत मंसिर २८ गतेदेखि शुरु गरेको नामावली संकलन कार्य बिहीबार सम्पन्न भएको हो । नामावली संकलन कार्य अवधिमा निस्दीका १ हजार ३ सय ६० जनाले नाम दर्ता गराएका छन ।
वडा नम्बर १ बाकामलाङबाट पुरुष १११ जना र महिला ८६ जना गरी १९७ जनाले नाम दर्ता गराएका छन । सहलकोटबाट पुरुष ७८ र महिला ६८ गरी १४६ जना र झिरुबासबाट पुरुष १०८ र महिला १०२ गरी २१० जनाले नाम दर्ता गराएका छन । त्यसैगरी मित्यालबाट पुरुष ११३ र महिला १२९ गरी २४२ जना , गल्धाबाट पुरुष ९४ र महिला ८६ गरी १८० जनाले नाम दर्ता गरेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय